२० श्रावण २०८३, बुधबार
,
Latest
नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको… राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने, महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता माथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न : अध्यक्ष राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताउनु भएको छ ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले यस्तो बताउनु भएको हो । उहाँले विद्युत उत्पादक व्यवसायीहरुसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरु बनाउन दिन नहुने बताउनु भयो । उहाँले सरकारले जनतालाई पेलेर जलविद्युत परियोजनाहरु निजी क्षेत्रलाई दिए सांसदहरुले नै अवरोध गर्ने बताउनु भयो।

उहाँले कुनै पनि विकास जनताको लागि गर्ने भएकाले जनताको पक्षमा हुनु पर्ने उल्लेख गर्नु भयो । उहाँले विकास जनता र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरु आउनु नहुने बताउनु भयो । उहाँले परियोजनाहरुको वातावरण परिक्षण मूल्यांकन गर्दा इमान्दारि पूर्वक गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले कुनै मन्त्रिले वा अन्य कसैलाई लाभ दिएर परियोजना पास भए देशको लागि चुनौती हुने बताउनु भयो । उहाँले कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नभएको ।

सांसद राउतले निजी क्षेत्रले लाभको लागि लगानी गर्ने भएकाले विद्युत उत्पादनको लागि संकटकाल लगाउन आवश्यक नभएको बताउनु भयो । उहाँले निजी क्षेत्रको लाभको लागि मन्त्रालयहरुले सबै ऐन कानूनहरु खारेज गरेर संकट काल लगाउन तत्काल कुनै जरुरी नभएको बताउनु भयो । उहाँले अनावश्यक रुपमा संकटकाल लगाएरै ऐन कानूनहरु उलङघन गरेर जनता माथि डोजर चलाएर परियोजना पास गर्ने रणनीतिमा निजी क्षेत्र नलाग्न आग्रह गर्नु भयो।

उहाँले भन्नुभयो,‘ व्यवसायीहरुसँग पैसा छ भन्दैमा जनतालाई हेला गर्ने गरी परियोजनाहरु आउनु हुँदैन । त्यसरी आयो भने हामी सांसदहरु नै अवरोध गछौं । यो विषयमा म स्पष्ट छु । विकास भन्ने वितिकै जनताको लागि हो । विकास जनतालाई मास्ने र देशै र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरु आउनु हुँदैन । परियोजनाहरुको वातावरण परिक्षण मूल्याङकन गर्दा इमान्दारी पूवक गराउनु पर्छ । कुनै मन्त्रीलाई वा कसैलाई लाभ लिएर परियोजना पास गर्ने हो भने देशको लागि चुनौती हो । कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नै छैन । त्यसमा जनताले प्रयोग गर्ने गरी परियोजना रहन्छ वा रहँदैन भन्ने टुङ्गो छैन ।

त्यो गुड मोडल हो जस्तो लाग्दैन । निजी क्षेत्रले पनि सरकारी जस्तै सोचेर जाने होइन निजी क्षेत्र भनेको लाभको लागि लगानी गर्ने हो । विद्युत उत्पादनको लागि संकटकाल लगाउनु पर्छ भन्ने कुरा हुँदैन । मन्त्रालयहरुले ल्याउने ऐन असावधानि किसिमले ल्याउँछन र ? निजी क्षेत्रको लाभको लागि मन्त्रालयहरुले सबै ऐन कानूनहरु खारेज गरेर संकट काल लगाउनु पर्ने ? संकटकाल लगाउने भनेको देशलाई नै खतरा भएको अवस्थामा मात्रै हो । अनावश्यक रुपमा संकटकाल लगाएरै ऐन कानूनहरु उलङघन गरेर जनता माथि गुल डोजर चलाएर परियोजना पास गर्ने तिर नलाग्न आग्रह छ ।’

उहाँले व्यावसायीले चाहँदैमा सबै कुरा राज्यले दिन नहुने बताउनु भयो । उहाँले जनता केही पनि हैन भन्ने भावनाले व्यवसायी लाग्नु नहुने बताउनु भयो ।