१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीको छानबिन चाहिन्छ भन्नेमा राष्ट्रिय सहमति भइसक्यो– एमाले



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको आवश्यकताबारे सदनमा जाँच गर्न आग्रह गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिव योगेश भट्टराईले छानबिन गर्न उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्नेमा राष्ट्रिय सहमति भइसकेको दाबी गरे ।

उनले सुन तस्करीको छानबिन चाहिन्छ/चाहिन्न भन्ने बारे ह्वीप नलगाइ भोटिङ गर्न आग्रह गर्दै भने ‘सदनले छानबिन समिति आवश्यक नभएको भन्यो भने एमालेले आन्दोलन फिर्ता लिन्छ’।

भट्टराईले सार्वजनिक लेखा समितिले पनि छानबिन समिति गठन गर्न ध्यानाकर्षण गरिसकेको स्मरण गराउदै भने , ‘हाम्रो पार्टीले संसदमा कुरा उठायो । त्यसमा प्रतिपक्ष दलका सबै दलहरू रास्वपाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ । राप्रपाका माननीयहरूले ध्यानाकर्षण जनाइराख्नुभएको छ । सत्तापक्षकै सांसदहरूले पनि संसद र बाहिर बोलिरहेकाले छानबिन समिति चाहिन्छ भनेर राष्ट्रिय सहमति बनिसकेको छ ।’