१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशलाई कानूनका रुपमा पारित गर्न नेपाल चिकित्सक संघको माग



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई विधेयकका रुपमा परिणत गरी संसदबाट कानूनको रुपमा पारित गराउन माग गरेको छ ।

संघले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीलाई सम्बोधन गरी पठाएको पत्रमा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दिनप्रतिदिन आक्रमण भइरहेको भन्दै त्यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याउन पनि सो सम्बन्धी कानून आवश्यक रहेको बताएको छ । 

संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई समयसापेक्ष अद्यावधिक गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ बनाइएको तर कानूनको रुपमा पारित भए मुलुकभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबन उच्च हुने बताएको छ ।