१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशलाई कानूनका रुपमा पारित गर्न नेपाल चिकित्सक संघको माग



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई विधेयकका रुपमा परिणत गरी संसदबाट कानूनको रुपमा पारित गराउन माग गरेको छ ।

संघले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीलाई सम्बोधन गरी पठाएको पत्रमा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दिनप्रतिदिन आक्रमण भइरहेको भन्दै त्यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याउन पनि सो सम्बन्धी कानून आवश्यक रहेको बताएको छ । 

संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई समयसापेक्ष अद्यावधिक गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ बनाइएको तर कानूनको रुपमा पारित भए मुलुकभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबन उच्च हुने बताएको छ ।