४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पा बस दुर्घटना अपडेट: चार जनाको मृत्यु, १४ घाइते



अ+ अ-

काठमाडौँ । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते रहेका छन् । मंगलबार दिउँसो १ बजे त्रिवेणी गाउँपालिका–७ को तिलाभन्दा करिब ३ किलोमिटर टाढा बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार घाइतको उद्धार गरी स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचारका लागि पठाइसएिको छ । घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको थियो ।

सवारी चालक फरार रहे पनि दिउँसो २ बजे सशस्त्र प्रहरीको सम्पर्कमा पुगेको बताइएको छ । वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।