३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बुहारीहरुको चाहना यसपालिको तीजमा पोतेका गहना

बुहारीहरुको चाहना यसपालिको तीजमा पोतेका गहना
अ+ अ-

पोखरा । तीज नजिकिँदै छ । सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा महिला लक्षित गरगहना तथा कपडाका विज्ञापन सुरु भइसकेका छन् । तीज गीतका भिडियो पनि युट्युबमा अपलोड हुने क्रम जारी छ । यसैबीच पोखराका बुहारीहरु भने आफ्नै हातबाट बनाइएका पोतेका विभिन्न थरीका गरगहना लगाएर तीज मनाउने तयारीमा छन् ।

बुहारी सशक्तिकरण समाज नामक संस्थामार्फत गोलबद्ध भएका बुहारीहरुले तीजमा आयातित चुरापोतेमा हुने अत्यधिक खर्च कम गर्दै आफ्नै सीपबाट निर्मित चुरापोते औँठीलगायत गरगहनामा सजिएर यो वर्षको तीज मनाउने योजना बनाएका हुन् ।

घारिपाटनकी पुष्पा शर्माले यस वर्षको तीजमा सुनका गरगहना नभई पोतेबाट बनाइएका गरगहनामा सजिएर नाच्ने र गाउने योजना बनाएको सुनाउनुभयो । “पोतेबाट बनाइएका सेट गहना मलाई निकै मन पर्छ, बल्ल तालिम लिने अवसर मिल्यो यसपालिको तीजमा आफ्नै हातले बनाएका पोतेका नमुनामा सजिने योजना बनाएकी छु”, उहाँले एक दिनको गहना बनाउने तालिमले पोतेका विभिन्न थरीका गहना बनाउन सिकेको बताउनुभयो । “मलाई त निकै आत्मविश्वास बढेको छ, सस्तोमा कच्चापदार्थ किनेर फुर्सदको समयमा पोतेका विभिन्न गहना तयार गर्न सकिने, आफूलाई पनि हुने र साथीभाइ उपहार दिन वा बेच्न पनि सकिन्छ,” शर्माले भन्नुभयो ।

अर्का सहभागी कालिका चापागाइँले पनि यस वर्षको तीजमा रातो साडीमा आफ्नै हातले तयार गरेका पोतेका माला, औँठी, टप र चुराको सेट लगाएर साथीसँगीसँग रमाइलो गर्ने बताउनुभयो । तीज महिलाको विशेष पर्व हो, यसलाई भड्किलोरहित बनाउन पोतेका गहना सेट बनाएर लगाउँदा झनै राम्रो देखिन्छ, हराउँछ कि भन्ने त्रास पनि नहुने र खुलेर रमाइलो गर्न पनि पाइन्छ । उहाँले गहना प्रदर्शनको अस्वस्थ प्रतिस्पर्धामा उत्रिनुभन्दा पोतेका विभिन्न गहनाका सेट बनाएर लगाउँदा धेरै राम्रो हुने उल्लेख गर्नुुभयो ।

तालिममा सहभागी सदस्य सुनिता खत्रीले एक दिनको तालिमले आफूमा सिर्जनात्मक सीप विकास भएको बताउनुभयो । “तालिम एक दिनमात्र भयो तर धेरै ज्ञान लिन सक्यौँ, अब सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर हुन सकिने रहेछ भन्ने आत्मविश्वास जागेको छ,” उहाँले भन्नुभयो, “यो तीजमा पोतेका सामग्री तयार गरेर आफू पनि लगाउँछु र साथीभाइलाई बेच्ने योजना पनि बनाएकी छु ।” सदस्य खत्रीले यो सीपलाई आत्मनिर्भर हुने माध्यम बनाइउने जानकारी दिनुभयो ।

संस्थाकी महासचिव सृष्टि भट्टराईले तीजको समयमा दिदीबहीनीहरुले बढी शृङ्गार मन पराउने र चुरापोतेलगायत गहनाका सेट सामग्रीमा धेरै खर्च हुने भएकाले एक दिन भए पनि गहना बनाउने तालिम प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीज नजिकिँदै छ, हाम्रो धेरै पैसा यस्तै गहनाहरुमा जान्छ तसर्थ हाम्रै समूहका एकजना सदस्य साथीसँग भएको सीपलाई सदुपयोग गरेर अरू सदस्यका लागि तालिम प्रदान गरेका हौँ ।”

महासचिव भटृराईले महानगरका विभिन्न वडामा यस्ता तालिम नि:शुल्क सञ्चालित भए पनि सबैले त्यो अवसर पाउन नसकेका कारण आफ्नै खर्चमा तालिम आयोजना गरिएको जानकारी दिनुभयो । “हामीले आफैँ पैसा उठाएर यो तालिम सञ्चालन गरेका हौँ, वडामा जाने प्रक्रिया झन्झटिलो र समय लाग्ने भएकाले आफ्ना लागि आफैँ खर्च गरेर भए पनि सीप सिक्नुपर्छ भन्ने सोचले सुरुआत गर्‍यौँ, अन्य तालिमलाई पनि निरन्तरता दिन्छौँ ।” उहाँले एक सदस्यबाट कच्चापदार्थ किन्न रु एक हजार सङ्कलन गरिएको जानकारी दिनुभयो । आधारभूत सीपपश्चात् एडभान्स तहको सीपका लागि युट्युब हेरेर पनि जान्न सकिने उहाँको भनाइ थियो ।

तालिमका प्रशिक्षक एवम् संस्थाका सदस्य गीता जमकट्टेल पौडेलले आफूले केही वर्षअघि सिकेको सीपलाई आज बुहारी ग्रुपका साथीहरुलाई सिकाउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले हातमा सीप हुँदा आफ्ना लागि पनि हुने र आगामी दिनमा गहना तयार गरेर आत्मनिर्भर हुन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक पौडेलले मेहनतमा जोड दिन सके निकै आकर्षक र बजारको मागअनुसारको डिजाइनमा गहना तयार गर्न सकिने बताउनुभयो । “एकदुईसयको कच्चापदार्थले पनि रु एक हजार वा रु पाँच सयसम्मको सामग्री तयार गर्न सकिन्छ । जति नयाँ डिजाइनका लागि मेहनत गर्न सक्यो उति नै बढी मूल्यका गहना तयार हुनाका साथै यो सीपलाई व्यावसायिकीकरण गर्न सके धेरै दिदीबहिनीले रोजगार पाउने र चुरापोतेका लागि विदेशिन धेरै रकम रोक्न सकिन्छ” उहाँले भन्नुभयो ।

उक्त संस्थाका अध्यक्ष निर्मला केसी ९निरु० ले बुहारी सशक्तिकरण समाज स्थापनाको छोटो समयमै धेरै कार्यक्रम गर्न सफल भइएको बताउनुभयो । “अहिले तीजलाई लक्ष्य गरेर पहिलो चरणमा आफ्नै खर्चबाट एक दिनको गहना बनाउने तालिम गर्यौँ र आवश्यता हेरेर थप सीपमुलुक तालिम प्रदान गर्दै जानेछौँ”, उहाँले भन्नुभयो, “बुहारीहरुले भोग्नु परेका समस्या समाधानका लागि सहजीकरण गर्ने साथै आत्मनिर्भर बनाउन आवश्यकता अनुसारको तालिमहरु प्रदान गर्दै सामाजिक क्षेत्रमा स्थापित गर्ने उद्देश्यले यो समाज स्थापना भएको हो । हिंसा विरुद्धको अभियानसँगै जोसँग जे सीप, ज्ञान वा क्षमता छ त्यो अरूलाई पनि शेयर गरेर एकअर्का बीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्य पनि संस्थाको रहेको छ ।”

अध्यक्ष केसीका अनुसार समूहमा अहिले करिब एक सय सदस्य छन् । सदस्यको चाहनाअनुसार पहिलो चरणमा २५ जनालाई गहना बनाउने तालिम प्रदान गरिएको हो । यसपछि अन्य सदस्यहरुका लागि सेल्फ मेकअप क्लास, नेतृत्व विकास र आवश्यकता अनुसारको सीपमूलक तालिम दिँदै जाने छौँ। रासस