२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे



file photo
अ+ अ-

कर्णाली । लम्पी स्किन सङ्क्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको यहाँको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार दुई लाख २७ हजार दुई सय ६७ बाच्छाबाच्छी, गाई, गोरु, भैसी र चौरी सङ्क्रमित भएमध्ये यही साउन २१ गतेसम्म प्रदेशका दश जिल्लामा १० हजार चार सय ५० पशु चौपाया मरेका हुन् ।

“पछिल्लो समय कालीकोट, जुम्ला र डोल्पामा पनि लम्पी स्किनका कारण पशु चौपाया मरेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार जाजरकोटमा २३ हजार ६५ पशुमा यो रोगको सङ्क्रमण देखिएकोमा दुई हजार आठ सय ७७ मरेका छन् । साथै कालीकोटका २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ पशु चौपाया मरिसकेका छन् । हुम्लामा कूल १३ हजार पाँच सय ९८ पशु चौपाया सङ्क्रमित भएकोमा प्राप्त एक हजार ९८३ मरिसकेका छन् ।

पशु चिकित्सक डा सविना मल्लका अनुसार सुर्खेतमा २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ र सल्यानमा ३४ हजार चार सय ७९ सङ्क्रमित पशुमध्ये एक हजार २३ मरिसकेका छन् । साथै दैलेखमा ७५ हजार तीन सय ६६ सङ्क्रमितमध्ये छ सय २१ पशु चौपाया मरिसकेका छन् ।

साथै जुम्लामा १४ हजार ४१ सङ्क्रमितमध्ये पाँच सय ७३, डोल्पामा सात हजार पाँच सय २९ सङ्क्रमितमध्ये पाँच सय ४३, रुकुम पश्चिममा १७ हजार छ सय ४१ सङ्क्रमितमध्ये चार सय ६९ पशु मरिसकेका छन् ।

निर्देशक पङ्गेनीले बढ्दै गएको लम्पी स्किनको सङ्क्रमण नियन्त्रण गर्न आवतजावतमा बन्द गरिएको र घाउ खटिरा आएका पशुमा मलहम लगाउने गरिएको बताउनुभयो । साथै सबै जिल्लामा पशु प्राविधिक खटाइएको उहाँको भनाइ छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले लम्पी स्किन रोगबाट सङ्क्रमित दुई लाख २७ हजार दुई सय ६७ पशुबस्तुमध्ये एक लाख ५५ हजार एक सय १८ को उपचार गरिएको र १३ हजार ४६ मा खोप लगाइएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कूल सङ्क्रमित सङ्ख्यामा लम्पी स्किन रोगबाट चा् दशमलव ५९ प्रतिशत पशु चौपायाको मृत्यु भएको र थप क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको छ । रासस