५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा श्रीमतीको हत्या गरी श्रीमान् फरार



(सांकेतिक तस्बिर)
अ+ अ-

मङ्गलबारे । इलाममा श्रीमानदुवारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उहाँका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबीच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टीको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ ।

राति करिब ९ बजे सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमतीसहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । घटनापछि श्रीमान् फरार रहेको प्रहरीको भनाइ छ । के कसरी घटना भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

हत्या गरिएकी कान्छी श्रीमती भनिएपछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ । कानुनी प्रक्रियाअनुसार शव परीक्षणका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ । रासस