२० श्रावण २०८३, बुधबार
,
Latest
नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको… राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने, महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथिको अनुसन्धानमा कहिले खुल्छ फाइल ?



अ+ अ-

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न आइतबार निर्देशनात्मक आदेश दियो। आदेश आएसँगै यो विषयमा चासो राख्ने धेरैको एउटै प्रश्न छ, ‘अब अख्तियारको अनुसन्धानको फाइल कहिले खुल्छ ?’

सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रूपमा संलग्न हुनेहरू, किटानी प्रस्ताव पेस गर्ने एवं प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपानबाट समेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नरगराउन निर्देशनात्मक आदेश आएपछि सबैको ध्यान यता सोझिएको हो।

सर्वोच्चको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दबाब परेको छ। अख्तियारका एक आयुक्तले भने, ‘सर्वोच्चको आदेशपछि अनुसन्धान अघि बढाउने बाध्यता सिर्जना भएको छ। तर, कसरी अघि बढाउने भन्नेमा छलफल पनि भएको छैन।’

सत्ता साझेदार गरेको नेकपा समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपाल आफूमाथिको सम्भावित अनुसन्धान छल्दै सोमबार युरोप भ्रमणमा निस्केका छन्। उनी पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत युरोपतर्फ लागेको र आगामी भदौ १ गते मात्र स्वदेश फर्कने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ।

अख्तियारले तीन वर्षअघि भ्रष्टाचारको मुद्दा दायर गर्ने क्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई नीतिगत निर्णय भन्दै उन्मुक्ति दिएको थियो। २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गर्नुअघि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिए पनि मुद्दा दायर गर्न पन्छिएको थियो।

न्यायाधीशद्वय सुशीलकुमार सिन्हा र डा। कुमार चुडालको संयुक्त इजलासले ललिता निवासको जग्गा व्यक्ति विशेषका नाममा दर्ता वा मोही कायम हुने गरी २०६६ चैत २९, ०६७ वैशाख ३१ र साउन २८ तथा ०६९ असोज १८ मा भएका मन्त्रिपरिषद् निर्णयमा थप अनुसन्धान गर्न आदेश दिएको हो।

अनुत्तरित अख्तियारअख्तियारले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री गच्छदार र तीन पूर्वमन्त्रीसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।