२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा बढीमा फसेका दुई महिलाको सकुशल उद्धार



अ+ अ-

कञ्चनपुर । स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गए राति सकुशल उद्धार गरिएको छ । भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो । चुरे क्षेमा अत्यधिक वर्षा हुदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै नदीपारि बस्न बाध्य भएका थिए ।

नदीमा आएको बाढीका कारण तर्न नसकेर महिला थुनिएको खबर आएपछि सशस्त्र प्रहरीलगायतको सहयोगमा गएराति डोरीको सहायताले उद्धार गरिएको शुक्लाफाँटा नगरपालिका–७ का वडा सदस्य केशवसिंह ठगुन्नाले बताउनुभयो ।

“भैँसी चराउन गएका महिला घर नफर्केको खबर प्राप्त भएपछि खोजी सुरु गर्यौँ”, उहाँले भन्नुभयो, “नदीपारि थुनिएको जानकारी प्राप्त भएपछि राति अबेर उद्धारको प्रयास गर्यौँ, नदीमा पानीको बहाव उच्च भए पनि सकुशल उद्धार गर्न सफल भयौँ ।”

यसैबीच शुक्लाफाँटा –१२ तिलकीमा गए राति दोदा नदीमा आएको बाढीले स्थानीय किसानले लगाएको सखरखण्ड, धान र उखु बालीमा क्षति गरेको छ । नदीको बाढीले पटान गर्दा किसानले लगाएको बालीमा क्षति पुगेको विपद् व्यवस्थापन समिति तिलकीका अध्यक्ष मङ्गलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई दर्जन बढी किसानको पाँच बिघा जग्गामा लगाएको सखरखण्ड, सात बिघामा लगाएको धान र आठ बिघाको उखुखेतीमा नदीको बाढीले बालुवाले पुरिदिएको छ । रासस