• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

सदनको अवरोध खुलाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै



काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा आज बिहान शीर्ष नेताहरुबीच पुन: छलफल हुने भएको छ ।

सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे पुन: बैठक बस्ने तय भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुनेछ ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा अडान लिदै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अवरोध गर्दै आएको छ । यता सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडान कायमै राखेको छ । दुबै पक्षको अडानका कारण सोमबार बसेका २ वटा बैठकबाट कुनै सहमति निस्कन सकेन ।