१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध खुलाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै



अ+ अ-

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा आज बिहान शीर्ष नेताहरुबीच पुन: छलफल हुने भएको छ ।

सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे पुन: बैठक बस्ने तय भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुनेछ ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा अडान लिदै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अवरोध गर्दै आएको छ । यता सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडान कायमै राखेको छ । दुबै पक्षको अडानका कारण सोमबार बसेका २ वटा बैठकबाट कुनै सहमति निस्कन सकेन ।