१९ माघ २०८१, शनिबार
,
Latest
टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेपछि आज एक सय किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ ।

राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएकामा प्रहरीले अनुसन्धान थालेपछि आज काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक म्याद मिलान गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिनुभयो ।

म्याद मिलानपछि आजै उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट सिआइबीलाई अनुमति प्राप्त भएको छ । “आज म्याद मिलान गरी आजै सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति प्राप्त भएको छ, अब अनुसन्धान टोलीले मिसिल अध्ययन गर्दै थप अनुसन्धानको काम अघि बढाउने छ”, प्रवक्ता कडायतले भन्नुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक ९एसपी० सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गर्न टोली गठन गरेको छ ।

आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आजदेखि अनुसन्धान थालेको हो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अनुसन्धान गर्ने जिम्मा सिआइबीले लिएको हो । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’ मा हालेर ल्याइएको अन्दाजी सय किलो सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । रासस