१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर र आलियाको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ले १० दिनमा १०० करोड कमायो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म ‘रकी और रानी की प्रेम कहानी’ ले बक्स अफिसमा १० दिन पूरा गरेको छ ।

राम्रो प्रतिक्रिया पाइरहेको यस फिल्मले १० दिनमा सय करोडको आँकडा पार गरेको छ । फिल्म ‘रकी र रानी की प्रेम कहानी’ मा दुबै स्टारको केमेस्ट्रीलाई दर्शकले रुचाएका छन् र जसको नतिजा कमाईको आँकडामा प्रष्ट देखिन्छ ।

२८ जुलाईमा सिनेमा हलमा रिलिज भएको यस फिल्मलाई सुरुदेखि नै निकै रुचाइएको थियो । ११ करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १६ करोड ५ लाख भारू कमाएको थियो ।  फिल्मले अहिलेसम्म १०५.०८ करोड कमाइसकेको छ । यसले पहिलो साता ७३.३३ करोड कमाएको थियो भने दोस्रो हप्तामा ३१.७५ करोड कमाएको थियो । फिल्मले चार दिनसम्म कमाइ गर्ने राम्रो सम्भावना छ ।

करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ। हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।

सन्नी देओलको ‘गदर २’ र अक्षय कुमारको फिल्म ‘ओएमजी २’ अगस्ट ११ शुक्रबारबाट बक्स अफिसमा रिलिज हुँदैछन् । यी फिल्म रिलिज भएपछि रणवीर सिंह र आलिया भट्टको फिल्म प्रभावित हुनेछ ।