३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दुई विद्यालय बन्द

तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दुई विद्यालय बन्द
अ+ अ-

तनहुँ । दमौली अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । तीन दिनको अवधिमा ५२ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ ।

गत बिहीबार १४, शुक्रबार १३ र आइतबार २५ जना गरी ५२ जना बिरामी आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको दमौली अस्पतालका नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी दिनुभयो ।

यसअघि दिनमा तीन/चार जना आँखा पाक्ने समस्याका बिरामी आउने गरे पनि तीन दिनदेखि सङ्ख्या बढेको उहाँले बताउनुभयो । आँखा उपचारमा आउने बिरामीमध्ये झन्डै ५० प्रतिशत आँखा पाक्ने रोगका सङ्क्रमित हुने गरेको उहाँले जानकारी दिनुभयो ।

मुख्य गरेर एडिनो भाइरसका कारण आँखा पाक्ने प्रकोप बढेको पाइएको छ । उहाँले भन्नुभयो, “कतिपय व्याक्टेरिया र धुलोधुवाँका कारण पनि यस किसिमको समस्या हुने गरेको छ ।” सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठयारो हुने यस रोगको मुख्य लक्षण भएको चिकित्सकहरुले बताएका छन् ।

एक हप्तादेखि बढीमा दुई हप्ताभित्र यो रोग निको हुन्छ । उहाँले भन्नुभयो, “महामारीअन्तर्गत सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ, सतर्कता अपनाउन जरुरी हुन्छ ।”

उपचारमा आउने बिरामीको लक्षणका आधारमा औषधि दिई आराम गर्न बिरामीलाई सल्लाह दिइएको नेत्र सहायक चौधरीले बताउनुभयो । चिसो बरफले आँखा सेक्ने, घाममा नहिँड्ने, भीडभाडमा नजाने र हिँड्डुल गर्नुपरेमा कालो चश्मा लगाएर हिँड्नेलगायतका सुझाव दिइएको छ । आँखा पाकेका बिरामीको आँशुबाट यो रोग सर्ने भएकाले घरपरिवारका अन्य सदस्यले बिरामीले प्रयोग गर्ने रुमाल प्रयोग नगर्ने, साबुन पानीले समय समयमा हात धोएर सतर्कता अपनाउन चिकित्सकले बताएका छन् ।

दुई विद्यालय बन्द
त्यसैगरी आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि जिल्लाका दुई विद्यालयमा पठनपाठन बन्द गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएको हो ।

खैरेनीटार माध्यमिक विद्यालय साउन आजदेखि यही साउन २४ गतेसम्म बन्द गर्ने निर्णय गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षे बिदाबाट कट्टा गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय भएअनुरुप बन्द गरिएको सो विद्यालयले जनाएको छ ।

त्यसैगरी पञ्चमुनि माध्यमिक विद्यालयले साउन १९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । साउन २४ गते विद्यालय संचालन गर्ने कि नगर्ने विषयमा संङ्क्रमण नरोकिए पुन: सूचना जारी गरी विद्यालय बन्द गर्न सकिने सो विद्यालयले जनाएको छ । रासस