• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

संसारको सबैभन्दा ठूलो २५० मिटर अग्लो रोटे पिङ रहस्यमय रूपमा बन्द भयो



एजेन्सी । संसार कै सबैभन्दा ठुलो रोटे पिङ (स्विङ) घुम्न बन्द भएको छ । करिब दुई वर्षअघि मात्रै दुबईका गगनचुम्बी भवनहरूबीचमा विश्वको सबैभन्दा ठूलो रोटे पिङ तयार गरी सर्वसाधारणका लागि खुला गरिएको थियो। तर, यसको प्रक्षेपण भएको केही महिनापछि, रहस्यमय रूपमा चल्न बन्द भयो।

यो रोटे पिङलाई ‘दुबई आई’ पनि भनिन्छ। दुबई आई संयुक्त अरब इमिरेट्सको ग्ल्याम-हबमा पर्यटक-बाइटिङ ल्यान्डमार्कको रूपमा डिजाइन गरिएको थियो। तर,अहिले अज्ञात कारणले अलपत्र परेको छ ।

१९०० जना एकैसाथ बस्न र स्विङ गर्न सक्ने विश्वको सबैभन्दा ठूलो फेरीस ह्वील ‘दुबई आई’रहस्यमय रुपमा घुम्न बन्द भएको छ । २०२१ मा उद्घाटन हुने भनिएको परियोजना किन बन्द भयो भनेर लगानीकर्ताहरुले जवाफ दिन सकेका छैनन्।

फेरीस ह्वीलको सुन्दरताको लोभमा वरिपरि बनेका रेस्टुरेन्ट, पसल र क्याफेका मालिकहरु करिब ६ वर्ष लगाएर निर्माण भएको उक्त झुला कहिल्यै नचल्ने भएपछि निराश भएका छन् । नजिकैको पसलका एक कर्मचारीले भने, ‘गत वर्ष उनीहरुले हिउँदमा खोल्ने वाचा गरेका थिए, अहिले पनि जाडोमा फेरि खोल्ने भनिरहेका छन् ।

एक वर्षभन्दा बढी समयदेखि, फेरीस ह्वीलको मुख्य प्रवेशद्वार बन्द छ र टिकट बुथ सुनसान छ। २५० मिटर उचाई भएको यस स्विङमा जम्मा ४८ वटा पोडहरू छन्, जसमा १९०० जना एकैसाथ बस्न र स्विङ गर्न सक्छन्। चार खुट्टाको संरचनामा बनेको यो स्विङको एउटा खुट्टाको तौल बोइन्ड ७ह्७ जम्बो जेटको तौल बराबर हुन्छ। कुल वजन ९०० टन छ। एक खुट्टाको को उचाई १२५ मिटर छ।

यसलाई दुबईको आर्टिफिसियल टापु ब्लूवाटर आइल्याण्डमा जडान गरिएको छ । अप्रिल २०१९ मा, यहाँ स्विङ जडान गर्ने घोषणा गरिएको थियो।