• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

प्रतिनिधि सभा बैठक ४ बजेसम्म स्थगित, साढे ३ बजे शीर्ष नेता फेरि छलफल गर्ने



काठमाडौँ । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा बसेको शीर्ष नेताहरूको बैठक आजै साढे ३ बजे पुन: बस्नेगरी सकिएको छ।

अबरूद्ध प्रतिनिधिसभा बैठक खुलाउने विषयमा सोमबार दिउँसो छलफल भए पनि शीर्ष नेताहरू सहमतिमा पुगिनसकेको बताइएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताहरूबीच छलफल सकारात्मक रहेको जानकारी दिनुभयो ।

‘“आजै अपराह्न साढे ३ बजे नयाँ बानेश्वरमा फेरि शीर्ष नेताहरूबीच बैठक गर्ने गरी अहिले उठेका छौँ”, उहाँले भन्नुभयो, “प्रतिनिधिसभा बैठक चलाउनेबारे कुराकानी भयो। सूचना टाँसेर आजै अपराह्न ४ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्ने कुरा भएको छ।”