२७ असार २०८३, शनिबार
,
Latest
पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ ‘एक चीन नीति’ प्रति सचेत रहन र कुटनीतिक संवेदनशीलता कायम राख्न पूर्वराजदूतहरूको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक जना पक्राउ



अ+ अ-

कास्की । प्रहरीले मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

नाबालिका तथा महिलालाई ललाई फकाई यौनजन्य क्रियाकलापमा लगाउने गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका(८ सृजना चोकमा खाजाघर संचालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेतीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनको होटलमा नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी बोलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।