१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी क्वाटर फाइनलमा



अ+ अ-

एजेन्सी । लियोनल‌ मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी लिग्स कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । एफसी डालासको घरेलु मैदानमा भएको खेलमा डालासलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै मायमी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित तथा अतिरिक्त समयको खेल ४-४गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

मायमीले सुरुवाती अग्रता लिएपनि पछि डालास खेलमा फर्किएको थियो । खेलको ८३ अ‍ौं मिनेटसम्म डालास ४-२ ले अघि रहेको थियो । त्यसको ५ मिनेटको अन्तरमा मेस्सीको लगातार दुई फ्रिकिकमा गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलमा सुरुवाती अग्रता मेस्सीले छैटौँ मिनेटमा दिलाएका थिए। तर त्यसपछि लगातार तीन गोल गर्दै डल्लास ३-१ गोलले अगाडि बढेको थियो। डल्लासका फाकुन्डो क्विगननले खेलको ३७ अ‍ौं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा बर्नार्ड कामुंगोले डल्लासलाई अग्रता दिलाए । खेलको ६३ अ‍ौं मिनेटमा एलन भेलास्कोले गोल गरेपछि डालास ३(१ ले अघि बढेको थियो ।

मियामीले ६५ औँ मिनेटमा गोल गर्दै खेल ३-२ को अवस्थामा पुर्‍याएको थियो। तर, ६८ औँ मिनेटमा इन्टर मियामीबाट आत्मघाती गोल भएपछि डल्लास फेरी ४-२ गोलले अगाडि बढ्यो।

डल्लासका डालासका मार्को फार्फानले ८० औँ मिनेटमा आत्मघाती गोल गर्दा मायमीलाई राहत मिल्यो । त्यसपछि मेस्सीले ८५ औँ मिनेटमा शानदार फ्रिकिकमा गोल गरेर खेललाई ४-४ को स्थितिमा पुर्‍याएका थिए।

मायमीले अब क्वाटरफाइनलमा भोली हुने ह्युस्टन डाइनामो र चार्लोट एफसीबीच खेलको विजेतासँग खेल्नेछ ।