३ आश्विन २०८१, बिहीबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी



फाईल फोटो
अ+ अ-

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ  ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ साथै पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरेको प्रहरी उच्च स्रोतले जनायो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएको थियो । अख्तियारले गच्छदार र श्रेष्ठविरूद्ध प्रतिव्यक्ति ९ करोड ६५ लाख तथा जोशीविरूद्ध सात करोड ८ लाख रुपैयाँ बिगो दावी गरेको थियो ।

यसअघि पनि सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयलाई गच्छदारसहित तत्कालीन मन्त्रीहरूलाई मुद्दा चलाउनुपर्ने राय दिएको थियो । तर, त्यतिबेलाको अनुसन्धान प्रतिवेदन सीआईबीलाई नै फर्काइएको थियो ।

ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भईसकेकोे छ । यसमा तत्कालीन प्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानमा ल्याउन सर्वोच्चको आदेश छ ।