३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दोस्रो खेलमा पनि वेस्ट इन्डिजले भारतलाई हरायो, सिरिजमा २–० को अग्रता

दोस्रो खेलमा पनि वेस्ट इन्डिजले भारतलाई हरायो, सिरिजमा २–० को अग्रता
अ+ अ-

एजेन्सी । वेस्टइन्डिजले दोस्रो टि२० आई खेलमा पनि भारतमाथि रोमान्चक जित हात पारेको छ । भारतलाई दुई विकेटले पराजित गर्दैघरेलु टोली वेस्टइन्डिजले पाँच खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा विकेटकिपर निकोलस पुरनले ६ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । १४ औं ओभरको अन्तिम बलमा निकोलस पुरन आउट भए ।

भारतलाई कप्तान हार्दिक पान्ड्याले पहिलो ओभरमै दुई विकेटको साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । २–२ को अवस्थाबाट कायल मेयर्स ७ बलमा १५ रन बनाउदै अर्शदीप सिंहको बलमा एलबीडब्लू आउट भए । त्यतिबेला वेस्टइन्डिज ३.४ ओभरमा ३२–३ को दयनिय अवस्थामा रहेको थियो ।

चौथो विकेटका लागि रोभम्यान पावेल १९ बलमा १ चौका र १ छक्कासहित २१ रनमा क्याच आउट भए । पाँचौं विकेटका लागि पुरन र शिम्रन हेटमायरले ३७ रनको साझेदारी गरेका थिए । हेटमायर २२ रनमा आउट भए । यस्तै, जेसन होल्डर स्टम्पिङ आउट हुँदा अकिल हुसैन र अल्जारी जोशेफले २.५ ओभरमा २६ रनको अविजित साझेदारी गर्दै रोमाञ्चक जित दिलाए । अकिल हुसैन १६ तथा अल्जारी जोशेफ १० रनमा नट आउट रहे ।

भारतको लागि हार्दिक पान्ड्याले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले २ विकेट लिए भने अर्शदीप सिंह र मुकेश कुमारले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । भारतका लागि तिलक बर्माले ४२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । विकेटकिपर ईशान किशन २७ रनमा आउट हुँदा ओपनर शुभमन गिल ७ रनमा क्याच आउट भए ।

यस्तै, सूर्यकुमार यादव एक रनमा बनाएर पेभेलिएनमा फर्किदा कप्तान हार्दिक पान्ड्या २४, सन्जु स्यामसन ७ र अक्षर पटेल १४ रनमा आउट भए ।

वेस्टइन्डिजका स्पिनर अकिल हुसैन, अल्जारी जोशेफ र रोमारियो शेफर्डले समान दुई दुई विकेट लिए ।

यस सिरीजको पहिलो खेलमा पनि वेस्टइन्डिजले भारतलाई चार रनले हराएको थियो । तेस्रो खेल मंगलबार, चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।