काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने कार्यक्रममा भाग लिन युरोप भ्रमणमा जानु भएको छ ।
नेपालको सचिवालयमा अनुसरा पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन टर्किस एअरको विमानद्वारा आज विहान ७:३० बजे इस्तानवुल हॅुदै उहाँ जेनेभा प्रस्थान गर्नुभएको छ ।
सचिवालयका अनुसार हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहॅा जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा उहॅाको दृढ मान्यता रहेको छ।
नेपालको आफ्नो अनुपस्थितीमा पार्टीको कार्यबहाक अध्यक्षको जिम्मेबारी बेदुराम भुसाललाई दिनु भएको छ । उहॅा भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।