२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

बिर अस्पतालको डाक्टर र गृहमन्त्रालयको कर्मचारी बनेर ठग्दै हिड्ने सत्यन्द्र यादव पक्राउ

बिर अस्पतालको डाक्टर र गृहमन्त्रालयको कर्मचारी बनेर ठग्दै हिड्ने सत्यन्द्र  यादव पक्राउ
अ अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले विर अस्पतालको डाक्टर तथा गृहमन्त्रालयको कर्मचारी भन्दै बिभिन्न व्यक्तिलाई ठगेको आरोपमा रौतहट गौर न।पा।वडा नं।३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्र प्रसाद यादव लाई पक्राउ गरेको छ ।

सरकारी कर्मचारी हुँ भनी पेशेवर रुपमा ठगी गर्ने तथा लिखत सम्बन्धी कसुरमा संलग्न यादबले बिर अस्पतालमा जागिर समेत लगाई दिन्छु भन्दै बिभिन्न व्यक्तिसंग रकम उठाएको प्रहरीले जनाएको छ ।

यादबले आफन्तहरुलाई समेत बैदेशिक रोजगारको लागी क्यानडा इजरायल लगायतका देशमा सरकारी कोटामा पठाई दिन्छु भन्दै बिभिन्न ब्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमति पत्र समेत जम्मा पारेका थिए । याबलले बिभिन्न प्रलोभन र प्रभावमा पारी रु ३०,५५,०००।– (अक्षरुपी रु तिस लाख पचपन्न हजार) लिई ठगी गरी सम्पर्क विहिन भई फरार रहेको थिए ।

यादबले बिकाश पाण्डे नाम गरेको व्यक्तिको मोटरसाईकलको बिलवुकमा आफ्नो फोटो टाँसी किर्ते समेत गरेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।१९ गते  ललितपुर महानगरपालिका  वडा नं।१७ ग्वार्कोबाट पक्राउ गरी ठगी सम्बन्धी कसुर र लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाईएको जनाएको छ ।