१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

इनर ह्वील क्लब अफ राजधानीको १५औँ चार्टर डे सम्पन्न



अ+ अ-

काठमाडौँ । इन्टर ह्वील बोर्ड क्लब राजधानीको १५औँ चार्टर डे सेलिब्रेसन कार्यक्रम बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको उक्त क्लबका अध्यक्ष निलसोभा श्रेष्ठले शनिबार १५ औँ चार्टर डे सेलिब्रेसन कार्यक्रम उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा बोल्नुहुँदै अध्यक्ष श्रेष्ठले इन्टर ह्बिल बोर्ड क्लब राजधानीले सामाजिक क्षेत्रमा काम गर्दै आएको र आगामि दिनमा पनि सामाजिक क्षेत्रको आफ्नो यात्रा निरन्तरता रहने जानकारी दिनुभयो ।

यसैबिच उक्त क्लबमा आवद्ध रही विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका क्लबका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रा.डा सावित्री कक्षपतिले गर्नुभएको थियो । त्यस अवसरमा उहाँले समाजसेवाका क्षेत्रमा सो क्लवले गरिरहेका कामहरूका बारेमा जानकारी गराउनुभएको थियो ।