३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि अस्पतालमा भिड बढे



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिनुभयो । “अस्पतालमा आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “दैनिक झण्डै एक सय जनामा आँखा पाक्ने रोग देखिएको छ ।”

आँखा रातो हुने, आँशु आउने, बिजाउने, चिप्रा लाग्नेलगायत समस्या देखिएको छ । आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिनुभयो ।

“रोगको सङ्क्रमण देखिए जथाभावि औषधिको प्रयोग र आँखा मिच्न हुँदैन”, उहाँले भन्नुभयो । आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुने डा श्रेष्ठ बताउनुहुन्छ । सङ्क्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधिलगायत सामग्री साटासाट गर्दा रोग तीव्ररुपमा पैmलिने उहाँको भनाइ छ । राम्रोसँग साबुन पानीले हात धुन उहाँले सुझाव दिनुभयो । रासस