११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ ।

विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ मूल्यमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ९६ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ६० अङ्कले घटेको छ । बैंकिङ समूह २२ दशमलव ३४, विकास बैंक ९७ दशमलव ५१, वित्त ६२ दशमलव २७, होटल तथा पर्यटन दुई सय एक दशमलव ३८ र जलविद्युत् समूह ४४ दशमलव ४९ अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ८७, उत्पादन तथा प्रशोधन ८४ दशमलव ०१, लघुवित्त ६१ दशमलव ८२, म्युचुअल फन्ड शून्य दशमलव १५ व्यापार ६८ दशमलव २७ र अन्य समूह १७ दशमलव ०७ अङ्कले घटेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको रू १२ करोड ६९ लाख ८२ हजार तीन सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख ४९ हजार सात सय ६१ कित्ता शेयर किनबेच भएको छ । रासस