• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

माओवादी केन्द्रको तीन महिने अभियान: आफैँ ७ वटा वडामा जाने प्रचण्डको उद्घोष



काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिने अभियानका क्रममा आफैं वडासम्म जाने बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताउनुभयो । “गत २ महिना अभियान पठाइदिउँ न त भन्ने तरिकाले परिणामको आशा गरेर होइन”, उहाँले भन्नुभयो, “अब ३ महिना त्यस्तो होइन । म आफैँ ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।”

अध्यक्ष प्रचण्डका अनुसार ६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरुको कार्यक्षेत्र हेरफेर गरिने छ ।