१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हल खाली गर्नुपर्ने भएकाले लिखित टिपाउन प्रचण्डको बोल्न बाँकी केन्द्रीय सदस्यलाई आग्रह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी केन्द्रीय समितिको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुलाई लिखितरुपमा आफ्ना भनाइ टिपाउन आग्रह गर्नुभएको छ ।

प्रज्ञा भवनको हलमा पाँच दिनदेखि जारी बैठकमा उहाँले हलको बुकिङ आइतबारसम्म मात्र भएकाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गर्नुभयो ।

“एकेडेमीको हल आजसम्म मात्रै बुकिङ छ । भोलि अर्कैको कार्यक्रम छ । यति संख्या अट्ने अर्को हल खोज्दा पाइएन”, उहाँले भन्नुभयो, “‘जे कुरा छ, अब लिखितमै दिने हो, त्यहीँबाट सम्बोधन हुन्छ । बैठक आज जसरी पनि सकौँ, संसद् बैठक पनि हाम्रै पार्टीकै मिटिङका कारण सारिएको छ, त्यसो त गर्न भएन नि ।”

यद्यपि नेताहरुले अझै बोल्न बाँकी १५० सदस्य रहेको भन्दै तिनले पनि मौका पाउनुपर्ने बताएका थिए । अध्यक्ष प्रचण्डले लगभग कुराहरु आइसकेको, अब दोहोरिने क्रममा रहेको भन्दै बाँकीले आफ्नो नाम खातामा टिपाउन र सुझाव राख्न आग्रह गर्नुभएको थियो ।

नेताहरुका अनुसार केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रस्तावमा सहमति बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र पदाधिकारीको बैठक सकिनेबित्तिकै केन्द्रीय समिति बैठक कमलादीमा सुरु हुनेछ । आइतबार अध्यक्ष प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

केन्द्रीय समिति एक बजे बस्ने भनिए पनि बालुवाटार बैठकका कारण त्यो धकेलिने सम्भावना छ । बैठकमा कुनै पनि लिखित डकुमेन्ट आउने सम्भावना करिब सकिएको बताइएको छ ।