• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको… ★   काकाकुल अँधेरीगाउँ ★   विश्वको सबैभन्दा लामो रेल, एक कुनाबाट अर्को ठाउँमा पुग्न घण्टौं लाग्ने ★   म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण ★   गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेशी ★   बुकीमै बसेर यार्सागुम्बाको खोजी ★   विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि… ★   अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द ★   वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा ★   सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री

हल खाली गर्नुपर्ने भएकाले लिखित टिपाउन प्रचण्डको बोल्न बाँकी केन्द्रीय सदस्यलाई आग्रह



फाईल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी केन्द्रीय समितिको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुलाई लिखितरुपमा आफ्ना भनाइ टिपाउन आग्रह गर्नुभएको छ ।

प्रज्ञा भवनको हलमा पाँच दिनदेखि जारी बैठकमा उहाँले हलको बुकिङ आइतबारसम्म मात्र भएकाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गर्नुभयो ।

“एकेडेमीको हल आजसम्म मात्रै बुकिङ छ । भोलि अर्कैको कार्यक्रम छ । यति संख्या अट्ने अर्को हल खोज्दा पाइएन”, उहाँले भन्नुभयो, “‘जे कुरा छ, अब लिखितमै दिने हो, त्यहीँबाट सम्बोधन हुन्छ । बैठक आज जसरी पनि सकौँ, संसद् बैठक पनि हाम्रै पार्टीकै मिटिङका कारण सारिएको छ, त्यसो त गर्न भएन नि ।”

यद्यपि नेताहरुले अझै बोल्न बाँकी १५० सदस्य रहेको भन्दै तिनले पनि मौका पाउनुपर्ने बताएका थिए । अध्यक्ष प्रचण्डले लगभग कुराहरु आइसकेको, अब दोहोरिने क्रममा रहेको भन्दै बाँकीले आफ्नो नाम खातामा टिपाउन र सुझाव राख्न आग्रह गर्नुभएको थियो ।

नेताहरुका अनुसार केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रस्तावमा सहमति बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र पदाधिकारीको बैठक सकिनेबित्तिकै केन्द्रीय समिति बैठक कमलादीमा सुरु हुनेछ । आइतबार अध्यक्ष प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

केन्द्रीय समिति एक बजे बस्ने भनिए पनि बालुवाटार बैठकका कारण त्यो धकेलिने सम्भावना छ । बैठकमा कुनै पनि लिखित डकुमेन्ट आउने सम्भावना करिब सकिएको बताइएको छ ।