३ पुष २०८२, बिहीबार
,
Latest
नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो, कसलाई कुन जिम्मेवारी दिइयो?



फाईल फोटो
अ+ अ-

काठामाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ । आइतबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी तोकेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिईएको बैठकमा सहभागी एक जना पदाधिकारीले बताए । उनको अनुसार उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ भने अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ ।

यस्तै, पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैरप्रदेश हेर्ने जिम्मा दिइएको छ भने सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको छ ।

अध्यक्ष प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा कार्यविभाजनसम्बन्धी प्रस्ताव पेस गर्दैछन् ।