३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शिव सर्किटको शुभारम्भ

शिव सर्किटको शुभारम्भ
अ+ अ-

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेंलो टिसर्ट लगाएका एकहुल मानिस प्रवेश गरे । मन्दिरमा पूजा एवं दर्शन गर्न आएका स्थानीय एकछिन त बोलबम आए कि भनेर नियाले । त्यसैबेला वडाध्यक्ष प्रदीप कार्कीले मन्दिरमा आउने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना (भट्टराई), वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारी लगायतलाई स्वागत गर्दै मन्दिरका बारेमा जानकारी दिन थाल्नुभयो ।

‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले निर्माण गरेको शिव सर्किटको परिक्रमा गर्दै यसको प्रचारप्रसार गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको नेतृत्वमा आयोजना गरेको शिव सर्किट ९परिपथ० परिक्रमा कार्यक्रममा यस नगरभित्रका १५ वटा शिवालयको एकैदिन परिक्रमा गरिएको हो ।

शिव सर्किट परिक्रमा कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख भट्टराई, वडा नं १ देखि १० सम्मका वडाध्यक्ष क्रमश: सानुकाजी कायस्थ, प्रदीप कार्की, दीपेन्द्र केसी, लछुराम न्यौपाने, राजकुमार जोशी, ईश्वर खड्का, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवान खत्री, शिवराम राउत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, सूचना अधिकारी अनिरुद्र नेपाल, कार्यपालिकाका सदस्यहरु, कर्मचारीलगायत १०० भन्दा बढीको सहभागिता रहेको थियो । वडा नं १ देखि १० सम्मका ऐतिहासिक, पुरातात्विक महत्व बोकेको शिव मन्दिरको परिक्रमा गरी यहाँको महत्वकोबारेमा जानकारी प्रदान गरिएको थियो ।

नगर प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरलाई एउटै रुटबाट जोडेर सवारीसाधन र पैदल दुवै मार्गबाट भ्रमण एवं परिक्रमा गर्न सकिने गरी नगरपालिकाले निर्माण गरेको शिव सर्किटले धार्मिक पर्यटनको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धनमा टेवा पुर्‍याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको भौतिक तथा आर्थिक विकासमा टेवा पुर्‍याउने मुख्य उद्देश्यले शिव सर्किट निर्माण गरेका हौँ ।”

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले एकैदिन यहाँका प्रसिद्ध १४ वटा शिवालय र प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरसम्म दर्शन एवं पूजा गर्न सकिने र यहाँको डाँडाकाडा नियाल्दै प्राकृतिक सौन्दर्यताको आनन्द लिन सकिनेछ । पर्यटक एवं दर्शनार्थीलाई सजिलैसँग शिव सर्किटअन्तर्गत रहेका यहाँका शिवालयको परिक्रमा गर्न सकिने गरी नगरपालिकाले यहाँका प्रत्येक ग्रामीण क्षेत्रका सडकलाई कालोपत्र गरी पक्की बनाइएको छ ।

अनन्तलिङ्ेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई गाभेर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविसअन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १५ वटा शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्ने गरी नगरपालिकाले शिव सर्किट निर्माण गरेको नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना (भट्टराई) ले जानकारी दिनुभयो ।

नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरहरुको विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, वडाध्यक्षहरु र सरोकारवालाहरुसँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल गरिएको थियो । मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको थियो । नगरपालिकाको सूर्यविनायक नपा–२ बालकोट सुरु गरेर वडा नं १० चित्तपोलमा लगेर टुङ्गिने गरी यहाँका १५ वटा मन्दिर पुगिने शिव सर्किटको रुट निर्धारण गरिएको थियो ।

बालकोटको धर्मेश्वरबाट सुरु भई क्रमश: सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर र चरखण्डी, दधिकोटको अनन्तलिङ्गेश्वर, गुण्डुको मत्स्यश्वर, रामभक्तेश्वर, कटुञ्जेको सुवर्णेश्वर, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको डोलेश्वर, नंखेलको नन्दीकेश्वर, सिपाडोलको आशापुरी, चित्तपोलको कैलशानाथ, लटरम्बेश्वर र महाकालेश्वर मन्दिर जोडदै निर्माण गरिएको शिव सर्किटले पूर्णता पाएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

सडक सञ्जाल जोडेर सवारी साधनबाटै सबै शिव मन्दिरमा पुग्न सकिने र पैदलयात्रीका लागि पदमार्गको समेत पहिचान गरि पदमार्गको निर्माण गरिएको छ । पदमार्गबाटै यात्रा गर्दा पनि एक दिनभरीमा यात्रा पूरा गर्न सकिन्छ । शिव सर्किट परिक्रमा गर्दै वडा नं ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायकको डोलेश्वर महादेव, आशापुरी महादेव, कैलाशनाम महादेवमा बढी दर्शनार्थी आउने गरेपनि यहाँ आउने दर्शनार्थी एवं पर्यटकलाई एकै दिनमा यहाँका सबै शिव मन्दिरमा जान पे्ररित गरिने बताउनुभयो ।

डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको, भारतबाट यहाँ आउने पर्यटक एवं दर्शनार्थीको सङ्ख्या बढ्दो छ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटक एवं भक्तालुलाई सबै मन्दिरमा जान अभिप्रेरित गर्ने सबै मन्दिरमा नगरपालिकाले शिव सर्किटको रुटसहितको नक्सासमेत राखिएको छ । सूर्यविनायक नपाको वडा नं ९ र १० को सिमानामा रु एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरी हाल नगरपालिकाले सञ्चालनमा ल्याएको २४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोडेको छ । रासस