२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा जुवातास खेलिरहेका १३ जना पक्राउ, चार लाख नगदसहित १० बुक तास बरामद



अ+ अ-

भक्तपुर । प्रहरीले भक्तपुरमा जुवातास खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका(३ कौशलटारस्थित ओम होटलमा सञ्चालक प्रभु खड्कासहित १३ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले जुवा खेलिरहेको ठाउँबाट नगद ४ लाख १७ हजार ४ सय २५ रुपैयाँ र १० बुक तास समेत बरामद गरेको छ। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।