१ पुष २०८२, मंगलवार
,
Latest
नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासिक ६० हजार तलब भन्दै विज्ञापन गर्ने कम्पनीमा छापा



अ+ अ-

इटहरी । इटहरी उपमहानगरपालिकाले सामाजिक सञ्जालहरूमा आकर्षक तलब सुविधा देखाएर प्रलोभनमा पार्ने एकेएम ग्रुपमा छापा मारेको छ ।

पूर्वी पहाडी जिल्लाहरूबाट पढ्न आएका युवा युवतीहरूलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर हेमकर्ण पौडेलसहितको टोलीले उक्त ग्रुपमा छापा मारेको हो ।

उनीहरुले सामाजिक सन्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गरेका थिए । कर्मचारीहरूलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थाले पछि छापा मारिएको मेयर पौडेलले बताए ।

उनीहरुले मार्केटिङको काम गर्ने र ग्रुपको सामान बेच्नका लागि सर्वसाधरणहरुलाई झुटो विज्ञापन गरेको पाइएको छ। उपमहानगरले उनीहरुलाई पालिकामा उपस्थित हुन निर्देशन दिएको छ ।

इटहरीमा ठगीका घट्नाको विषयमा आफूहरू चलाखी पूर्ण रूपमा काम गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्लेले बताए । उनले आगामी दिनमा सामाजिक सञ्जालमा सर्वसाधारणलाई झुक्क्याउने, चलाखी पूर्ण रूपमा ठगी गरेको पाइएमा हदैसम्मको कारबाहि गर्ने बताए ।