१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

एमसीसीको प्रमुख कार्यकारीमा एलिस अल्ब्राइट

एमसीसीको प्रमुख कार्यकारीमा एलिस अल्ब्राइट
अ अ+ अ-

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा एलिस अल्ब्राइटलाई नियुक्त भएकी छिन । यसअघि अमेरिकी सिनेटले सर्वसम्मतिले उनलाई अनुमोदन गरेको थियो।

“यो महत्त्वपूर्ण उपलब्धिका लागि एलिसलाई बधाई छ”, एमसीसीका कार्यवाहक सिइओ महमूद बाहले भने, “हामी सबै एलिसलाई यहाँ संयुक्त राज्य अमेरिका र विश्वभर एमसीसी परिवारमा स्वागत गर्न पाउँदा धेरै उत्साहित छौँ।”

एमसीसी एक स्वतन्त्र अमेरिकी सरकारी एजेन्सी हो । यसले आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी कम गर्न काम गर्दछ।

सन् २००४ मा स्थापित एमसीसीले सुशासन, भ्रष्टाचार विरुद्ध लड्न र लोकतान्त्रिक अधिकारको सम्मान गर्नका लागि कठोर मापदण्डहरू पूरा गर्ने देशहरूलाई समय–सीमित अनुदान र सहायता प्रदान गर्दछ।

अमेरिकी सरकारको एमसीसीले सन् २०१७ सेप्टेम्बरमा नेपाल सरकारसँग ५० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो । 

सो सम्झौताले सडकको गुणस्तर कायम राख्ने, बिजुलीको उपलब्धता र विश्वसनीयता बढाउने तथा नेपाल र भारतबीचको सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ।

सो अनुदान रकम प्राप्त गर्न नेपालले सो सम्झौतालाई संसद्बाट अनुमोदन गराउनुपर्ने छ । तर एमसीसीलाई लिएर नेपालका राजनीतिक दलबीच चर्को मतभेद रहेको छ । विशेषगरी अहिले सत्तारुढ गठबन्धनमा एमसीसीलाई संसद्बाट अनुमोदन गराउने विषयमा तीव्र मतभेद देखिएको छ ।

नेपाली कांग्रेस एमसीसीलाई संसद्बाट चाँडै अनुमोदन गर्नुपर्ने पक्षमा देखिएको छ । तर सत्ता घटक नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीलाई यथास्थितिमा अनुमोदन गर्न नसकिने बताउँदै आएका छन् ।

आगामी फागुन १६ गतेभित्र एमसीसीलाई संसद्बाट अनुमोदन गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेको एमसीसी बोर्डलाई पत्र पठाएपछि एमसीसीलाई अनुमोदन गराउनु पर्ने दबावमा नेपाल रहेको छ । 

एमसीसी बोर्डले निर्धारित समयसीमाभित्र एमसीसीलाई संसद्बाट अनुमोदन गर्न दबाव दिँदै पत्र पठाइसकेको छ । पहिला अनुमोदन गराउने प्रतिबद्धता गरे पनि अहिले अध्यक्ष प्रचण्ड त्यसबाट पछि हटेका छन् ।