३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एकै थलोमा अग्रज र अनुज कलाकार

एकै थलोमा अग्रज र अनुज कलाकार
अ+ अ-

अन्नपूर्ण । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिनुभयो । उहाँसँगै अन्य कलाकार पनि त्यहीँ हुनुहुन्थ्यो । शनिबार उहाँहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै गरेको देखिन्थ्यो । वात्स्यायनको अनुभव र उहाँको कलासँग अग्रज र अनुज कलाकार भलाकुसारी गरिरहेको भेटिन्थ्यो ।

अग्रज र अनुज कलाकारलाई एकै थलोमा भेट गराउने चाँजोपाँजो पोखरेली युवा सांस्कृतिक परिवारले मिलाएको थियो । अनुभवी र सिक्दै गरेका कलाकारलाई समेट्दै पोखरेली युवा सांस्कृतिक परिवार ६१औँ शृङ्खलाको ‘समता कला कार्यशाला’ गरिरहेको थियो । बिहान १०:३० बजे निर्धारित समयमै कार्यक्रम सुरु भयो ।

उपस्थित कलाकार क्यानभास, स्ट्यान्ड, रङ, पानी, पेन्सिल, ब्रस चलाउनमै व्यस्त थिए । पानी रङमा खेल्नेहरूले पेन्सिलको डोबमाथि रङ लगाउँदै थिए । एक्रेलिक चित्र कोर्ने पनि व्यस्त रहे । करिब दुई घन्टाको अन्तरालमा सबैले सुन्दर चित्र तयार गरे । अनि विन्ध्यवासिनीमा पुगेका भक्तजन र दर्शकका लागि प्रदर्शन गरियो ।

अग्रज र अनुजको एकैथलोमा बसेर चित्र कोर्दा कोही सानो–ठूलो त थिएनन् । तर अनुभवीसँग रहँदा अनुजलाई राम्रै फाइदा भयो । वात्स्यायनसँगै अग्रज कलाकार बुद्धि गुरुङ, मनोज तामाङ, रिक गुरुङ, थम्मनसिंह सुनार, दलबहादुर गुरुङ, एलिता गुरुङ, निशान थापालगायत दुई दर्जन कलाकार लकडाउनपछि भौतिकरूपमै सहभागी भएर चित्र कोरेकाले सबै खुसी थिए ।

समता कला कार्यशालाले यसरी अग्रज र अनुजलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाएको कलाकार निशान थापाले बताउनुभयो । “हामीलाई सबै कुरा थाहा हुँदैन । अग्रजसँगै काम गर्दा उहाँहरूको अनुभव र टेक्निकले नयाँ कुरा सिर्जना गराउन सघाउँछ”, उहाँले भन्नुभयो, “पोखरेली युवा सांस्कृतिक परिवारले जस्तै अरु संस्थाले पनि यसरी अग्रज र अनुज एकै ठाउँमा चित्र कोर्ने वातावरण मिलाउनुपर्छ ।”

वरिष्ठ कलाकार वात्स्यायानले समता कला पाठशालाले पोखरामा छरिएर रहेका कलाकारलाई एकै ठाउँमा ल्याउने काम गरेको बताउनुभयो । सुरुमा ग्रामीण भेगमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्ने काम गरिएकाले पोखरालाई पानीरङको पाठशालाका रूपमा चिनाएको उहाँले सम्झिनुभयो । उहाँले भन्नुभयो, “पोखरा पानी रङको सहरमा त चिनियो नै गाउँ–गाउँमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्दा कलाकारको आर्यआर्जनको बाटो पनि खुल्यो ।”

पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित भएकाले पानी रङको महत्व बुझाउनुपर्ने वात्स्यायानको सुझाव थियो । “पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित छन् । एक्रेलिकमा पनि जान पाइयो तर पानीरङलाई मर्न दिनु भएन”, उहाँले भन्नुभयो, “एक्रेलिक राम्रो भन्ने ग्राहकको मानसिकता हटाउन कलाकार नै लाग्नुपर्छ । यसका लागि राम्रो कागज र रङ प्रयोग गर्नुपर्यो ।” कलाकारले नयाँ–नयाँ तरिका सिक्नुपर्ने जनाउँदै उहाँले पोखरेली चित्रकलालाई अझै सुधार्दै जानुपर्ने उहाँले बताउनुभयो ।

कलाकार बुद्धि गुरुङले २०४२ सालदेखि पोखरेली कलाकार गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई निखार्ने अवसर पाएका छन् ।”

पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार कवि तीर्थ श्रेष्ठले कलाको विकासका लागि अरुको भर परेर होइन, आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्ने बताउनुभयो । उहाँले कला कार्यशालामा कोरिएका चित्र प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससमक्ष पुर्याउन आग्रह गर्नुभयो ।

पोखरेली युवा सांस्कृतिक परिवार प्रत्येक तीन महिनाको तेस्रो शनिबार समता कला कार्यशाला सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताउनुभयो । उहाँले आगामी दिनमा अझ चुस्तदुरुस्त र व्यवस्थित कला कार्यशाला आयोजना गरिने जानकारी दिनुभयो । रासस