८ भाद्र २०८३, सोमबार
,
Latest
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीमा संलग्न दावाको किर्ते नागरिकतामा अझै अनुसन्धान भएन



अ+ अ-

काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताको अनुसन्धान नै शुरू हुन सकेको छैन । ५ वर्षअघि गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनसमेत गायव बनाउँदै छानबिन नगरेको गृह प्रशासनले नागरिकता दिने कर्मचारीका बारेमा समेत सोधपुछ गरेको छैन ।

‘सर्वसाधारणले नागरिकता बनाउँदा भएका प्राविधिक त्रुटिमा संलग्नलाई केरकार गर्ने, मुचुल्का बनाउन लगाएर दु:ख दिने अनि मुद्दा समेत दर्ता गरेर थुन्ने प्रशासन ३ सय ५० वटा नागरिकताको अनुसूची गायव बनाउने कर्मचारीका बारेमा छानबिन गर्दैन भने झुटो विवरण पेस गर्नेलाई कसरी अनुसन्धान गर्छ ?’– जिल्ला प्रशासन कार्यालयकै एक कर्मचारीले भने–‘राजनीतिक दल, गृहमन्त्री, गृह मन्त्रालयका अन्य तहका कर्मचारीको समेत मिलेमत्तो भएकाले यस्ता गम्भीर अपराधका विषयमा समेत अनुसन्धान शुरू हुन नसकेको हो ।’

गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बुझाएको अनुसूचीबिनाका नागरिकताको प्रतिवेदनका बारेमा छानबिन गर्न निर्देशन दिएसकेको जानकारी दिँदै भने– ‘मैले नागरिकता महाशाखा र नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखलाई बुझ्न भनेको छु । बुझेर प्रक्रिया अघि बढाउँछु । केही दिनमा पूर्ण जानकारी आउला ।’

सह सचिव एवं नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रुद्रादेवी शर्माले अनुसूची गायव भएका र नागरिकतामा झुटा विवरण राखेर नागरिकता लिएको सन्र्दभमा आवश्यक अनुसन्धान शुरू गरिएको जानकारी दिए ।

काभ्रेबाट कहिले गृहमा फाइल आएको रहेछ भनेर खोजबिनका लागि नागरिकता महाशाखालाई आग्रह गरिसकेको बताउँदै उनले भने– ‘नागरिकता महाशाखाले यो विषयमा बुझ्दै छ ।’ जिल्ला प्रशासन कार्यालय काभ्रेले समेत तत्कालीन समयमा अभिलेख भएर पनि अनुसूची नभएकाहरूको विवरण फेला पार्न सकेको छैन । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।