२४ भाद्र २०८३, बुधबार
,
Latest
लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप फुटबल: जापान क्वाटरफाइनलमा प्रवेश, नर्वे पराजित



अ+ अ-

काठमाडौं: न्यूजील्यान्डको वेलिङटनमा जारी महिला विश्वकप फुटबल अन्तर्गत आज भएको खेलमा जापानले नर्वेलाई ३–१ गोलले पराजित गरेको छ ।

यो जितसँगै जापान क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा जापानको भिडन्त डिफेन्डिङ च्याम्पियन संयुक्तराज्य अमेरिका र स्वीडेनबीचको खेलको विजेतासँग हुनेछ ।

निकै प्रतिस्पर्धात्मक आजको खेलमा जापानले नियमित अन्तरालमा गोल गरेर नर्वेमाथि निरन्तर दबाब दिएको थियो ।

जापानलाई पहिलो गोल १५औं मिनेटमा नर्वेले आत्मघाती रुपमा प्राप्त गरेको थियो । नर्वेली खेलाडी एंगेनले आत्मघाती गोल गरेकी थिइन् । तर लगत्तै २० औं मिनेटमा रिटेनले नर्वेका लागि गोल गरेर स्कोर बराबरी गरेकी थिइन् ।

जापानका लागि ५० र ८१ मिनेटमा क्रमश: शिमिजु र मियाजावाले गोल गरेर जित सुनिश्चित गरेका थिए ।

मियाजावाले यो सहित यस विश्वकपमा पाँच गोल गरिसकेकी छिन् । जापानले यसअघि सन् २०११ मा विश्वकप फुटबल जितेको थियो ।