७ श्रावण २०८३, बिहीबार
,
Latest
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा दुई मन्त्री नियुक्त



अ+ अ-

कर्णाली । कर्णालीमा मन्त्रीपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार दुई मन्त्री नियुक्त गरेका हुन्। गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गरेका थिए। तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उनीहरुको शपथ रोकिएको थियो। 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार सुर्खेतका सिताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा मन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार सिताकुमारी नेपाली आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन्। उनीहरु दुबैजना माओवादी केन्द्रका सांसद हुन्।

उनीहरु यसअघि बुधवार मन्त्री नियुक्त भए पनि शपथ लिन पाएका थिएनन्। कांग्रेसले दुई वटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको थियो। यसअघि मन्त्री नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्ट भने पछाडि हटेका छन्। माओवादी स्रोतका अनुसार काँगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट पछाडि हटेका हुन्। यसअघि विष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको थियो। तर उनी यसपटक पार्टीको निर्देशनमा ब्याक भएको माओवादीको दाबी छ।

अब बाँकी रहेका दुई मन्त्रालय कांग्रेसलाई दिने मुख्यमन्त्रीको तयारी छ। भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर बनाइएको जलस्रोत तथा ऊर्जा विकास र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने छ। मन्त्रालय फुटाएपछि कर्णालीमा मन्त्रालयको संख्या आठ भएको छ। 

मुख्यमन्त्री शाहीले वैशाख ३ गते विश्वासको मत लिने क्रममा काँग्रेसले सहयोग गरेको थियो। अब कांग्रेसलाई पनि सरकारमा सहभागी गराइने र दुई मन्त्रालय दिने तयारी मुख्यमन्त्रीको रहेको स्रोतले जनाएको छ। यद्यपी कांग्रेसले सरकारमा सहभागी हुनेबारे आधिकारिक रुपमा जानकारी दिएको छैन। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।