१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पार्टी एक ढिक्का भएको महसुस भएको छ: अध्यक्ष दाहाल

पार्टी एक ढिक्का भएको महसुस भएको छ: अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक ढिक्का भएको महसुस भएको बताउनुभएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठकमा पार्टी अब एक ढिक्का भएको सबैलाई महसुस भएको बताउनुभयो ।

“जारी बैठकमा लोकतन्त्र तथा जनवादको उच्च अभ्यास भएको छ”, उहाँले भन्नुभयो, “पार्टी एक ढिक्का भएको महसुुस भएको छ, बैठक वाद, विवाद र संवादमा टुङ्गिएको छ ।”

पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सबै केन्द्रीय समितिको बोल्ने क्रम लगभग सकिएको जानकारी दिनुभयो । उहाँले बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी निर्माणका लागि ठोस योजना ल्याउन सुझाव दिएको बताउनुभयो ।

आजको बैठकमा ७४ जना केन्द्रीय सदस्यले बोल्नुभएको थियो । उपाध्यक्ष महराले बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीले प्रस्तुत गरेको दस्तावेजको मूलमर्ममा सहमति जनाएको बताउनुभयो ।

“केन्द्रीय सदस्यहरुले सरकारको कामलाई धन्यवाद दिँदै सुशासनको कामलाई अघि बढाउन सुझाव दिनुभयो”, उहाँले भन्नुभयो , “पार्टी नेतृत्वको विषयमा छलफल भयो तर अध्यक्ष निर्विकल्प हुनुहुन्छ भन्नेमा सबैको मत रह्यो ।”

माओवादी केन्द्रका केन्द्रीय सदस्य रेखा शर्माले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा पार्टीले आफ्ना पदाधिकारीलाई बचाउने काम नगरेको स्पष्ट पार्नुभयो ।

“प्रधानमन्त्रीले घरकै मान्छे परे पनि छाड्दिन भनिसक्नुभएको छ, मिडियामा आएका आधारमा सबै व्यक्ति छानबिनको घेरामा आइहाल्छ भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “हामीसँग राजस्व अनुसन्धान विभागलगायतका विभिन्न निकायहरु छन्, उनीहरुले आवश्यक छानबिन गरिरहेका छन् ।”

उहाँले माओवादी केन्द्रका पदाधिकारीहरुको नाम मुछिएको विषयमा सम्बन्धित व्यक्ति छानबिन गर्न तथा दोषी ठहर भए सजाय भोग्न तयार रहेको भन्दै उहाँले यसमा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।

आजको बैठकमा छलफल भएका विषयमा जानकारी दिँदै उहाँले केन्द्रीय सदस्यहरुले सुशासनको पक्ष र विकृति विसङ्गतिविरुद्धको सरकारले काम गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएको बताउनुभयो ।

उहाँले बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी निर्माणको महाअभियानमा सबै ठोस जिम्मेवारीका साथ लक्ष्य किटान गरी अघि बढ्न पनि सुझाव दिएको बताउनुभयो ।

उहाँले सोही सुझावलाई मध्यनजर गर्दै भोलि बस्ने बैठकमा केन्द्रीय समितिले योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।  भोलिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । रासस