१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

शाक्यसंग सम्वाद: ​​​​​​​यस्तो रह्यो मदन भण्डारीसँगको अनूभव र अनुभूति

शाक्यसंग सम्वाद: ​​​​​​​यस्तो रह्यो मदन भण्डारीसँगको अनूभव र अनुभूति
अ अ+ अ-

काठमाडौँ । तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री गोपाल शाक्यले मदन भण्डारीसँग भएको पहिलो भेटदेखि उहाँसँग सहकार्यको दशकौँ लामो अनुभव र अनुभूति सुनाउनु भएको छ ।

मदन भण्डारी फाउण्डेशनद्वारा काठमाडौँमा आयोजना गरेको ‘मदन भण्डारी छलफल कार्यक्रम’को आठौँ शृङ्खलाका प्रमुख वक्ता पूर्व मन्त्री शाक्यले मदन भण्डारीसँग भएको पहिलो भेटदेखि उहाँसँग सहकार्यको दशकौँ लामो अनुभव र अनुभूति कार्यक्रमका सहभागीहरू लाई सुनाउनु भएको हो ।

मदन भण्डारीसँग तत्कालीन नेकपा ९माले० गठनताकादेखि नै लामो समय सहकार्य गर्नुभएका अध्यक्ष शाक्यले मदन भण्डारी आफ्नो अध्ययनशीलता, सङ्गठन कुशलता, अद्‍भूत तार्किक क्षमताका साथै अद्वितीय वक्तृत्व कलाका कारण उहाँ सबैको मन जितेरै नेकपा ९माले० र नेकपा ९एमाले०को महासचिवको रूपमा हामी सबैको नेता बन्न सक्नुभएको बताउनुभयो।

आफूभन्दा वरिष्ठ नेताहरूप्रतिको सम्मान, सादा जीवन र उच्च विचार, श्रमजीवी वर्गप्रतिको अटुट पक्षधरता र राष्ट्रियताप्रतिको दृढ अडान जस्ता मदन भण्डारीमा अन्तरनिहित विशिष्ट गुणहरूका कारण उहाँ राष्ट्रिय राजनीतिकै सर्वाधिक प्रभावशाली नेताको रूपमा स्थापित हुनुभएको कुरा समेत उहाँले उल्लेख गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “मदन भण्डारी मानिसको भिडलाई एकसाथ आफ्नो विचारमा सहमत बनाउने क्षमता राख्नुहुन्थ्यो । उहाँ कुनै गुटबन्दी गरेर नेतृत्वमा पुग्नुभएको हैन, बरु सबैको मन जितेर, क्षमता देखाएर र श्रेष्ठता साबित गरेर नेतृत्वमा पुग्नुभएको हो । उहाँले जनताको बिचमा पनि आफ्नो श्रेष्ठता साबित गरेरै ‘जननेता’को रूपमा स्थापित हुनुभयो ।”

प्रमुख वक्ता शाक्यले भन्नुभयो, “हामीलाई मदन भण्डारीले जनताको बहुदलीय जनवादको जुन विचार दिनुभएको छ, त्यो उहाँ एक्लैको विचार होइन, बरु यो मुक्ति मोर्चा, कोअर्डिनेशन केन्द्र, नेकपा९माले०कालदेखि नेकपा ९एमाले० कालसम्मको सामूहिक विचारहरूको संस्लेषित रूप हो ।”

​​​​​​​“जनताको बहुदलीय जनवाद पुष्पलालको नयाँ जनवाद, तुल्सी लालको राष्ट्रिय प्रजातन्त्र र मनमोहनको जनवादी कार्यक्रम सबैलाई जोडेर विकसित भएको कार्यक्रम हो । यसका पछाडि नेपाल कम्युनिष्ट पार्टीको इतिहास र एउटा लामो विचार शृङ्खला जोडिएको छ । यसलाई केपी ओलीले थप विकसित गर्नुभएको छ । त्यस कारण हामीले मदन भण्डारीका योगदानलाई यथार्थ सत्यको आधारमा ग्रहण गर्नु पर्दछ । बढाइचढाइ गर्नु पनि हुँदैन, घटाउनु पनि हुँदैन ।”, उहाँले भन्नुभयो भन्नुभयो ।

अध्यक्ष शाक्यले जनताको बहुदलीय जनवादको कार्यान्वयनमा हालसम्म हासिल गरिएका उपलब्धि र कमीकमजोरीहरूको सिंहालोकन गर्दै यसलाई समाजवादी क्रान्तिको लागि मार्गदर्शक सिद्धान्तको रूपमा थप विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको व्यक्तित्व तथा उहाँद्वारा प्रतिपादित नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रवर्द्धन, विकास तथा कार्यान्वयनका विषयमा उहाँसँग निकटमा रही सहकार्य गर्नुभएका विभिन्न व्यक्तित्वहरूसँग छलफल कार्यक्रमको आयोजना गर्दै आएको छ ।