२० श्रावण २०८३, बुधबार
,
Latest
हर्मुज खोल्न ट्रम्पको चेतावनी पर्साबाट फरार प्रतिवादी पक्राउ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता विराटनगरमा सबैभन्दा बढी वर्षा केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक, राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगीतको कुनै सीमा हुँदैन: शम्भुजित बाँस्कोटा



अ+ अ-

काठमाडौँ । भावना बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताउनु भयो ।

उहाँले नेपालमा पनि गीतहरु पुस्तान्तरण हुँदै प्रभवकारी रुपमा प्रविधिको विकाससँगै अघि बढीरहेको बताउनु भयो । उहाँले म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको बताउनु भयो । उहाँले पछिल्लो समय मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पुर्‍याउने काम पनि म्युजिक भिडियोबाट भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संगीतको कुनै सीमा हुँदैन । संगीत सदाबहार हुन्छ । त्यसको एउटा सुर हुन्छ, त्यसको लय, त्यसको समय, त्यसको हरेक कुराहरु संगीतको एउटा प्रभाव छुट्टै हुन्छ । हाम्रो देश नेपालमा नेपाली संगीतमा धेरै विधाहरु छन् । रक एण्ड र्‍याप पहिलाबाट नै शुरु भएका हुन् । पुस्तादेखि पुस्ता हुँदै जाने नै हो । नेपालमा पहिला पनि ब्याण्डहरु थिए । अहिले प्रविधिको विकासमा हामी छौँ । म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको छ । मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पुर्‍याउने काम गरेको छ ।’

अरमान तामाङको स्वर रहेको गीतमा विनोद ढकार र तामाङको शब्द र भिडियोमा अरमान तामाङ र रिया लामाको अभिनय छ । भिडियो सोनम पाख्रिनले निर्देशन गर्नुभएको हो ।