१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पा प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी तोडफोड



अ+ अ-

जाजरकोट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ । अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोफफोड भएको हो ।

हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रुपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताउनुभयो ।

विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको उहाँले जानकारी दिनुभयो । यस्तो किसिमको गलत काम कुनै धर्म विरोधी तत्वको हुनसक्ने भएकाले पत्ता लगाउन कानुनी रुपमा अघि बढ्नाका साथै स्वयं जगत् जननी मातासँग पनि भाकल गरिएको समेत उपाध्यायको भनाइ छ ।

कसले कुन कारणले सिँडी फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ । यसअघि पनि अज्ञात समूहले मन्दिरका सिँढी तोडफोड गरेपछि विज्ञप्ति नै निकालिएको थियो । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजनहरु आउने गर्दछन् । रासस