७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरपालुवा जनावरबारे विद्यार्थीको प्रदर्शन



अ+ अ-

काठमाण्डौ। आआफ्नो घरमा आयआर्जन र शौखको लागि के कस्ता जनावरहरु पाल्न सकिन्छ भनेर अभिभावकहरुलाई देखाउन ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरका विद्यार्थीहरुले विद्यालय हातामा प्रदर्शन गरेका छन ।

प्रदर्शनीमा स्कुलका सानो कक्षाका विद्यार्थीहरुले घरपालुवा जनावरहरु कुकुर, कुखुरा, हाँस, खरायो, विरालो, गाई, भैंसी, बाख्रा, भेडा, च्यांग्रा, घोडाको साथै उनीहरुले खाने आहार अन्न, घाँस, पराल, भुसा र दाना र बस्ने ठाउँ खोर, गोठ, तवेला लगायतका बारेमा चित्र र सामग्री मार्फत बताएका थिए ।

साथै विद्यार्थीहरुले ढिकी, जाँतो, कुटो, कोदालो लगायतका परम्परागत घरेलु सामग्रीहरु पनि प्रदर्शनीमा राख्दै खेत खन्ने र गोड्ने तरीका समेत देखाएका थिए ।
शहरी विद्यालयमा पढ्ने विद्यार्थीलाई घरेलु जनावर र केही परम्परागत घरेलु औजारहरुबारे जानकारी गराउन हरेक वर्ष यस्ता प्रदर्शनी आयोजना गर्दै आएको विद्यालयकी निर्देशक ममता शाहले बताइन् ।

विद्यालयका भाइस प्रिन्सिपल सुजित तामांग र अतिरिक्त कृयाकलाप संयोजक शिव गैरेको समन्वयमा विद्यार्थीहरुले विद्यालय हातामा परालले छाएको साना साना खोर र गोठ बनाएर प्रर्दशनीलाई आर्कषक बनाएका थिए ।

प्रदर्शनी हेर्न व्यवसायीक समूह डिभि ग्रुपकी सञ्चालक देवकी शाह, न्यू भिजन एकेडेमीका निर्देशक टंक थापा, अभिभावक र स्थानीय वासिन्दा पुगेका थिए ।