११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

धनकुटामा ग्यास अभाव भएपछि अनुगमन

धनकुटामा ग्यास अभाव भएपछि अनुगमन
फाइल फोटो
अ अ+ अ-

धनकुटा। धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको छ ।

धनकुटा बजारमा केही दिनयता खाना पकाउने ग्यासको अभाव सुरु भएपछि प्रशासन र प्रहरीले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीसहितको टोलीले धनकुटा बजारका ग्यास डिलरको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा डिलरमा ग्यासको मौज्दात कम रहेको पाइएको र डिलर सञ्चालकले कम्पनीबाटै आवश्यकताअनुसार ग्यास नआएको सहायक प्रजिअ  न्यौपानेले जानकारी दिनुभयो ।

ग्यासको अभाव हुने हल्ला भएपछि उपभोक्ताले  आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेका कारण बजारमा थप अभाव भएको पाइएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा प्रशासनले एउटा परिवारलाई एकपटकमा एउटा मात्रै ग्यास सिलिन्डर उपलब्ध गराउन डिलर सञ्चालकहरुलाई निर्देशन दिएको छ ।

ग्यास पुन डिलरमा आएपछि प्रशासनलाई जानकारी गराउन, प्राप्त ग्यासको परिमाणको विवरण बुझाउन र उपभोक्तालाई समानुपातिक रुपमा वितरण गर्न डिलरलाई निर्देशन दिइएको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो ।

डिलरबाट सहज रुपमा ग्यास उपलब्ध नभएपछि उपभोक्ताले किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास खरिद गर्नुपरेको गुनासो आएको उहाँको भनाइ छ । त्यसपछि प्रशासनले आधिकारिक डिलर तथा बिक्री केन्द्रबाट मात्रै ग्यास बिक्री गर्न निर्देशन दिएको हो । बजारमा ग्यासको आपूर्ति र वितरण अवस्थाबारे अनुगमनलाई निरन्तरता दिने स्थानीय प्रशासनले जनाएको छ ।

डिलर सञ्चालकहरुका अनुसार कम्पनीबाट कम परिमाणमा ग्यास आउने र आएको ग्यासले सबै उपभोक्ताको माग धान्न नसक्दा समस्या भएको हो । कम्पनीले पठाएको परिमाणअनुसार ग्यास ल्याएर बिक्री गरिरहेको तर, केही डिलरले पर्याप्त ग्यास ल्याउन नसक्दा बजारमा अभाव देखिएको कोसी ग्यास डिलर गुठीटारका सञ्चालक लेखबहादुर राई बताउनुहुन्छ ।

यस्तै रिजाल ग्यासका बिक्रेता अधिकारी ट्रेडर्स देब्रेबासका सञ्चालक होमप्रसाद अधिकारीले पनि कम्पनीबाटै मागअनुसार ग्यास नआएका कारण समस्या भएको बताउनुभयो । उहाँका अनुसार कम परिमाणमा ग्यास आउने र उपभोक्ताको माग बढी हुँदा आएको ग्यासले सबैलाई पु¥याउन कठिन भएको छ । रासस