१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्य नेकपा एसबाट निष्कासित



फाईल फोटो
अ+ अ-

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उहाँलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

उहाँका अनुसार पार्टीका सम्पूर्ण कार्यकर्तालाई कर्माचार्यको गतिविधिको भ्रममा नपर्न बैठकले आह्वान गरेको छ । बैठकमा युवा विद्यार्थीलाई व्यवस्थित गर्ने एवं समसामयिक परिस्थिति, पार्टीको कार्यभार र विविध विषयमा छलफल भएको थियो । त्यसैगरी बैठकमा यही साउन २० र २१ गते बस्ने स्थायी कमिटी बैठकको आन्तरिक तयारीका बारेमा पनि छलफल भएको प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

पार्टीले आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । रासस