२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरण: ‘विभागबाट फाइल आएपछि सिआइबीले अनुसन्धान थाल्छ’



अ+ अ-

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले थप अनुसन्धान गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सिआइबीले उक्त प्रकरणमा सङ्गठित अपराध र अन्तरदेशीय अपराधको सन्दर्भमा अनुसन्धान गर्न लागेको हो ।

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले राजस्व अनुसन्धान विभागबाट आवश्यक फाइल उपलब्ध भएपछि सिआइबीले अनुसन्धान थाल्ने जानकारी दिनुभयो ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो ।

उक्त घटनामा एक जना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान गरिएको र उक्त प्रकरणमा थप अनुसन्धान सिआइबीबाट गर्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

हिजो साँझ प्रधानमन्त्री दाहालले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख तथा सम्बद्ध अधिकारीसँगको छलफलमा उक्त प्रकरणको थप अनुसन्धान सिआइबीबाट गर्न निर्देशन दिनुभएको थियो ।

उक्त छलफलमा विभागबाट एक चरणको अनुसन्धान गरी निष्कर्षमा पुर्याएको र बाँकी सङ्गठितलगायत आर्थिक अपराधमा थप अनुसन्धान सिआइबीबाट गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । रासस