१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन ब्रोक्रेज र इसेवाबीच सम्झौता, सेयर खरिदबिक्रीमा लगानीकर्तालाई सहज भुक्तानी



अ+ अ-

काठमाडौं । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) र भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाबीच सम्झौता भएको हो । लगानीकर्ताहरुले हिमालयन ब्रोक्रेजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्टका लागि उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतामा हिमालयन ब्रोक्रेजका अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै लगानीकर्तालाई भुक्तानी सेवा प्रदायक संस्था इसेवाको प्लेटफर्ममार्फत सेयर खरिदबिक्रीको सेटलेमेन्ट गर्न थप सहज हुने हिमालयनका अध्यक्ष सागर ढकालले बताए ।

‘हाम्रो उद्देश्य लगानीकर्तालाई सरल र सहज रुपमा सेवा प्रदान गर्ने हो,’ ढकालले भने, ‘सोही अनुरुप इसेवाजस्तो भुक्तानी सेवा सम्बन्धी ठूलो प्लेटफर्मसँग हिमालयन ब्रोक्रेजले सेटलेन्ट सेवाका लागि सम्झौता गरेको हो ।’ यस सम्झौतासँगै लगानीकर्ताले हिमालयन ब्रोक्रेजमार्फत खरिदबिक्री गरेको सेयरको सेटलेमन्ट इसेवाको प्लेटफर्ममार्फत गर्न सक्नेछन् ।

लगानीकर्तालाई सहज रुपमा सेवा दिनकै लागि हिमालयन ब्रोक्रेजले डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नविकरण शुल्क नलाग्ने सुविधा ल्याएको थियो । अहिले मेरो सेयरको वार्षिक नविकरण शुल्क १ सय ५० रुपैयाँ छ । तर हिमालयनले नेपालमै पहिलो पटक ९९९ रुपैयाँमा तिरेर डिम्याट खाता खोलेपछि आजीवन नविकरण शुल्क नलाग्ने अफर ल्याएको थियो ।