६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तराखण्ड रुद्रप्रयाग गौरीकुण्डमा पहिरो: केही नेपाली बेपत्ता



अ+ अ-

रुद्रप्रयाग  । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा पहिरो गएको छ । गौरीकुण्डमा केही समयदेखि भारी वर्षा भइरहेको छ । वर्षाका कारण घर भत्किँदा करिब १३ जना भग्नावशेषमा फसेका छन् । भग्नावशेषमा फसेकामध्ये अधिकांश नेपाली रहेको बताइएको छ ।

दुर्घटना बिहीबार राति भएको हो । पहाडबाट लगातार ढुङ्गा खस्दा उद्धार टोलीलाई कठिनाइ भइरहेको छ । रुद्रप्रयाग प्रहरी, एसडीआरएफ, डीडीआरएफ लगायतका धेरै टोली उद्धार कार्यमा जुटेका छन्, तर बेपत्ताको पहिचान हुन सकेको छैन।

रुद्रप्रयागको गौरीकुण्डमा बिहीबार साँझदेखि पानी परिरहेको छ । राति झन् झन् झरी परेको थियो । अविरल वर्षाका कारण पहाड चिरिँदा दुई पसलमा क्षति पुगेको छ । पसलमा काम गर्ने करिब १३ जना भग्नावशेषमुनि पुरिएका छन् । पहिरो खसेको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

पहिरोको सूचना पाएलगत्तै जिल्ला प्रशासन, जिल्ला प्रकोप व्यवस्थापन, एसडीआरएफ र डीडीआरएफका टोली पनि घटनास्थलमा पुगेका थिए। तर, अविरल वर्षाका कारण रातभर पसलमा बस्ने सर्वसाधारणको ज्यान बचाउन सकिएको छैन । तीमध्ये केही स्थानीय र अधिकांश नेपालका रहेको भारतको नवप्रदेश डटकमले जनाएको छ ।