१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तराखण्ड रुद्रप्रयाग गौरीकुण्डमा पहिरो: केही नेपाली बेपत्ता



अ+ अ-

रुद्रप्रयाग  । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा पहिरो गएको छ । गौरीकुण्डमा केही समयदेखि भारी वर्षा भइरहेको छ । वर्षाका कारण घर भत्किँदा करिब १३ जना भग्नावशेषमा फसेका छन् । भग्नावशेषमा फसेकामध्ये अधिकांश नेपाली रहेको बताइएको छ ।

दुर्घटना बिहीबार राति भएको हो । पहाडबाट लगातार ढुङ्गा खस्दा उद्धार टोलीलाई कठिनाइ भइरहेको छ । रुद्रप्रयाग प्रहरी, एसडीआरएफ, डीडीआरएफ लगायतका धेरै टोली उद्धार कार्यमा जुटेका छन्, तर बेपत्ताको पहिचान हुन सकेको छैन।

रुद्रप्रयागको गौरीकुण्डमा बिहीबार साँझदेखि पानी परिरहेको छ । राति झन् झन् झरी परेको थियो । अविरल वर्षाका कारण पहाड चिरिँदा दुई पसलमा क्षति पुगेको छ । पसलमा काम गर्ने करिब १३ जना भग्नावशेषमुनि पुरिएका छन् । पहिरो खसेको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

पहिरोको सूचना पाएलगत्तै जिल्ला प्रशासन, जिल्ला प्रकोप व्यवस्थापन, एसडीआरएफ र डीडीआरएफका टोली पनि घटनास्थलमा पुगेका थिए। तर, अविरल वर्षाका कारण रातभर पसलमा बस्ने सर्वसाधारणको ज्यान बचाउन सकिएको छैन । तीमध्ये केही स्थानीय र अधिकांश नेपालका रहेको भारतको नवप्रदेश डटकमले जनाएको छ ।