६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटरी क्लब अफ काठमाडौ हाइटको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौ । रोटरी क्लब अफ काठमाडौं हाइटले आफ्नो क्लबको चौंथो पदहस्तान्तरण कार्यक्रम तथा स्थापना दिवस एक समारोहकाबीच सम्पन्न गरेको छ ।

निवर्तमान अध्यक्ष राजराम जोशीले रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा विकास, उद्यमशिलता विकास, महिला सशक्तिकरण जस्ता धेरै क्षेत्रहरुमा काम गर्दै आउने गरेको र आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न कार्यक्रम एवं उपलब्धिहरु सुनाउँदै सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त समारोहमा क्लबको सबैभन्दा सक्रिय सदस्य विदुर सत्याललाई वर्षको उत्कृष्ट रोटरीयनको पुरस्कारले सम्मान गरिएको थियो । क्लबको पहिलो महिला अध्यक्ष सुमिरा श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गरीसकेपछि आफ्नो अध्यक्षतामा बनेको नयाँ कार्य समितिको परिचय गराउँदै क्लबको भावी कार्यक्रमहरुको बारेमा क्लबका सबै सदस्यहरुको भावनालाई समेटी अझ राम्रा कामहरु गरी क्लवको गरीमा झन उच्च गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रमुख ९डिष्ट्रिक्ट गर्भनर० राजेन्द्र धोजु लगायत पूर्व गर्भनरहरु, डिष्ट्रिक्टका पदाधिकारीहरु र अन्य क्लबका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । सोही कार्यक्रममा समाजमा रहेका विभिन्न व्यवसाय निरन्तर रुपमा अंगाल्दै आएका व्यवसायीको सम्मान गर्ने क्लबको परिपाटी अनुरुप उद्यमशील व्यक्तित्व तथा बृत्तचित्र निर्माता रेवती गुरुङलाई उनले आफ्नो क्षेत्रमा अनवरतरुपमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै नगद र कदर पत्रका साथ उत्कृष्ट व्यवसायी पुरस्कार २०२२/२३ ले सम्मान गरेको थियो ।