३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अन्तिम ओभरमा भारतलाई हराउदै वेस्ट इन्डिजको रोमाञ्चक जित

अन्तिम ओभरमा भारतलाई हराउदै वेस्ट इन्डिजको रोमाञ्चक जित
अ+ अ-

एजेन्सी । घरेलु टोली वेस्टइन्डिजले टि २० आईमा भारतलाई चार रनले हराउदै रोमाञ्चक जित हात पारेको छ । पाँच टि२० आई सिरिजको पहिलो खेलमा भारतलाई हराएसँगै स्टइन्डिजले १–० को अग्रता लिएको छ ।

वेस्टइन्डिजले दिएको १ सय ५० रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। भारतका लागि डेब्यू गरेका बायाँ हाते ब्याटर तिलक बर्माले सर्वाधिक ३९ रन बनाए ।

भारतलाई जितको लागि अन्तिम ओभरमा १० रन चाहिँएको थियो । त्यसअघि १२ बलमा २१ रन चाहिँदा अर्शदीप सिंहले तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै भारतलाई जितको सम्भावना देखाएका थिए ।

अन्तिम ओभरको पहिलो बलमै वेस्टइन्डिजका रोमारियोले कुलदीप यादवलाई योर्कर बलमा ३ रनमा बोल्ड आउट गरे । युजभेन्द्र चहलले दोस्रो बलमा एक रन बटुले । तेस्रो बलमा अर्शदीपले दुई रन बटुले ।

अन्तिम तीन बलमा भारतलाई जितको लागि ७ र सुपर ओभरमा लैजान ६ रन चाहिँएको थियो । चौथो बल डट र पाँचौं बलमा दुई रन लिनेक्रममा अर्शदीप रन आउट भएपछि भारतको जितको सम्भावना लगभग सकिएको थियो । वेस्टइन्डिजले अन्तिम बल पनि योर्करका साथ जित पक्का गराए ।

भारतका ओपनर शुभमन गिल ओभरको दोस्रो बलमै ३ रनमा स्टम्पिङ आउट भएका थिए । ईशान किशनलाई ६ रनमा क्याच आउट हुँदा सूर्यकुमार यादव २१ बलमा २ चौका र १ छक्कासहित २१ रनमा पेभेलिएन फर्केका थिए । यस्तै, हार्दिक पान्ड्या १९ बलमा ३ चौका प्रहार गर्दै १९ रनमा बोल्ड आउट हुँदा सन्जु स्यामसनलाई १२ रनमा रन आउट भए ।

वेस्टइन्डिजको जितमा जेसन होल्डरले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । त्यसैगरी, रोमारियो शेफर्ड र ओबेद म्याककोयले समान दुई दुई विकेट लिदा अकिल हुसैनले १ विकेट लिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले सर्वाधिक ४८ रनको योगदान दिए । ओपनर कायल मेयर्स १ रनमा एलबीडब्लू आउट भएका थिए । मेयर्स आउट भएपछि किंग २८ रनमा आउट भए ।

यस्तै, जोनसन चाल्र्स ३ रनमा क्याच आउट हुँदा निकोलस पुरन ३४ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । शिम्रन हेटमायर १२ बलमा १ चौकासहित १० रन बनाए ।

भारतका युजभेन्द्र चहल र अर्शदीप सिंहले समान दुई दुई विकेट लिए । हार्दिक र कुलदीप यादवले समान एक एक विकेट लिए ।

पाँच टि२० आई को दोस्रो खेल आइतबार, तेस्रो मंगलबार, शनिबार र आइतबार हुनेछ ।