• ५ असार २०८१, बुधबार
  •      Wed Jun 19 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रालयको बजेट पुन:लेखन गर्नुपर्छ: प्रमुख सचेतक लेखक ★   प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रमा गम्भिर बन्नुपर्छ: मेटमणि चौधरी ★   दीपेन्द्रसिंह ऐरीको छलाङः टी-२० विश्व वरीयताको अलराउन्डरको छैटौं स्थानमा उक्लिए ★   संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा ★   सरकारले दुध किसानलाई वक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छ: दीपकबहादुर सिंह ★   सरकारले राष्ट्रिय खेलाडीलाई आवश्यक मासिक तलवको व्यवस्था गर्न नसकेकोमा एमाले सचिव आचार्य असन्तुष्ट ★   श्रद्धा कपुरले राहुलसँगको रिलेसनसिपको पुष्टि गरिन् ★   पाटन हत्या घटना: थप एकजना पक्राउ ★   पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नविकरण गर्न मिल्छ की मिल्दैन सरकारले जवाफ दिनुपर्छ: सांसद खतिवडा ★   सरकारले ५ सय र हजारका नोट तत्काल प्रतिवन्ध लगाउनुपर्छ: काँग्रेस उपसभापति गुरुङ

गायक जावेद अली नेपालमा



काठमाडौँ । बलिउड गायक जावेद अली नेपाल आएका छन् । आज होटल सोल्टीमा आयोजना हुन लागेको ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी हिजै बिहीबार नेपाल आएका हुन् ।

उनका गीतहरु निकै लोकप्रिय रहेका छन् । उनले फिल्म ‘रकस्टार’ को ‘कौन फाया कौन’, ‘गजनी’ को ‘गुजारिश’, ‘रांझना’ को ‘तुम तक’, ‘बजरंगी भाईजान’को ‘तु जो मिला’ लगायतका ५ सय भन्दा बढी फिल्मका गीत गाएका छन् ।

सानैदेखि कब्वाली गायनको वातावरणमा हुर्किएका उनी विभिन्न संगीतिक रियालिटी शो हुँदै बलिउड फिल्म गायनमा छिरेका थिए । उनले नेपालमा भने पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।

लिक्विड इन्टेलिजेन्सले आयोजना गर्न लागेको कार्यक्रममा अलीले आफ्ना दर्जन बढी गीतहरु गाउने आयोजकले जनाएको छ ।