१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध



फाईल फोटो
अ+ अ-

ढोरपाटन । अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो ।

माथिदेखि खसेको ठूलो पहिराले सडक अवरुद्ध बनेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन । बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ ।

उपप्रमुख कायतले भन्नुभयो, “दोगाडी पक्की पुल नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको छ, ठूलो वर्षा भएको हुँदा बिहबिार खुलाउन सकिएन, आज खुलाउने प्रयासमा छौँ, पहिराले सडकमा अत्यधिक क्षति पुर्याएको छ ।”

सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र छन् । ढोरपाटन, बोबाङ, फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवलतर्फ जाने सवारीसाधन ठप्प छन् । यो समय ढोरपाटन घुम्ने याम भएको हुँदा धेरै पर्यटकले बीच बाटोबाटै फर्किनुपरेको स्थानीयको भनाइ छ । रासस