• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

‘काउली’ को सफलतापछि हरिवंशले ल्याए ‘ए केटा मादलु पड्का’



काठमाडौँ । ‘काउली’ को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले बजारमा फेरी नयाँ गीत ल्याएका छन् । उनले आफ्नै शब्द, स्वर र संगीतमा ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गायनमा पनि ‘काउली’ कै गायीका शान्तिश्री परियारले साथ दिएकी छन् ।

गीतले गायन र नृत्यमा लागेका मान्छेहरूको भाव बोकेको हरिवंश बताउँछन् । उनी भन्छन्, ‘यो सन्देशमुलक गीत होइन । यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ ।’

नवराज उप्रेतीले छायांकन र भुपेन्द्र अधिकारीले सम्पादन गरेका यस गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन् । गीतमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् ।

यस्तै, गीतको भिडिओलाई गम्भिर विष्टले निर्देशन गरेका छन्  ।